
लण्डन । पुरुष एकलतर्फ पूर्व जुनियर विश्व नम्बर वान तथा नेपाल बरियतामा चार नम्बरमा रहेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल हिमालयन ब्याडमिन्टन क्लब लण्डनको निमन्त्रणामा युके भ्रमणमा आउने भएका छन् ।
विश्व ब्याडमिन्टन जगतमा प्रथम पटक नेपाली ब्याडमिन्टन खेलाडीले जुनियरतर्फ विश्व बरियतामा नम्बर एक भई इतिहास रचेका दाहालको युकेमा रहुन्जेलको व्यवस्थापन क्लबले गर्ने बताइएको छ ।
यसका साथै बेलायतमा रहेका अन्य नेपाली ब्याडमिन्टन क्लबहरु, संघ सस्थाहरु, साथै ब्यक्तिहरुले कुनै कार्यक्रममा दाहाललाई निमन्त्रणा गर्ने योजना पनि बनाउन सक्नेछन् । यसका लागि क्लबलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
दाहालको युके भ्रमणको उद्देश्य युकेका सबै नेपाली ब्याडमिन्टन खेलाडीहरुसँग भेटघाट, भलाकुसारी र खेल रहेको छ । दाहाल र पूर्व विश्व नम्बर एक खेलाडी इडिरिकमुनी दिनुका निशान पेरेरा कारुनारातनेसँग हेज लिजर सेन्टरको खेल हलमा खेल हुनेछ ।
युकेमा स्थापित क्लबहरु तथा खेलाडीहरुलाई सो खेलमा उपस्थितिको लागि अनुरोध गरिएको छ ।
दाहाल ७ मार्चमा युके आउने र १६ मार्चमा फ्रान्स हुँदै पोल्याण्ड इन्टरनेसनल सेरिज खेलमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ