
एथेन्स । ग्रीसमा मङ्गलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ । ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मङ्गलबार साँझ तीन सय ५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ८५ भन्दा बढी घाइते भएका ग्रीसको फायर सर्भिसले जनाएको छ ।
उद्दारको प्रयास जारी छ र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ग्रिसमा रेल दुर्घटनामा परी ३२ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको मृत्यु हुनुको साथै अन्य ८५ घाइते भएका ग्रिसका अधिकारीहरुले पुष्टि गरेका छन् ।
दुई रेलहरू बीचको टक्करको गम्भीरताका कारण क्रेन बोक्ने सवारीहरूले निकाल्ने काममा सहयोग गरिरहेका फायर ब्रिगेडले एक विज्ञप्तिमा जानकारी दिइएको छ । ग्रीक फायर सर्भिसका प्रवक्ता भासिलिस वार्थाकोगियानिसले एक सय ९४ यात्रुलाई सुरक्षित रूपमा थेसालोनिकी लगिएको सीएनएनले जनाएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न