
कास्की । नेपाल मगर सांस्कृतिक संघ कास्की जिल्ला समन्वय समितिले विपन्न र अशक्तलाई नगदसहित खाद्यान्न, लत्तकपडा सहयोग गरेको छ ।
अध्यक्ष सरिता सारु मगर नेतृत्वको टोलीले शुक्रबार पोखरा महानगरपालिकाका विभिन्न वडामा रहेका असहायलाई सहयोग गरेको हो । विभिन्न समुदायका विपन्न र अशक्त ७ जनालाई तेल, चामल खाद्यान्न, कपडा र कृष्ण दर्जीलाई १५ हजार नगदसहित सहयोग दिएको अध्यक्ष सारु मगरले जानकारी दिनुभयो । उनका अनुसार करिब ७० हजार रुपैयाँको सहयोग बाँडिएको छ ।
कास्कीको जरेवर–६ लेकसाइडकी पूजा विक, घारीपाटन–१७ पोखराकी शान्ति नेपाली, रातो पैरा–१७ घारीपाटनकी मनमाया थापा मगर, कृष्ण कार्की, कृष्ण टोल ९ बसपार्कका कृष्ण दर्जी, चाँदनी टोल १४ चाउथेकी लक्ष्मी परियार, मनिपाल १२ पोखराका नरबहादुर खत्री र लेकसाइड–६ पोखराका दिलबहादुर थापामगर सहयोग पाएका छन् ।
असहाय तथा विपन्न परिवारका सहयोगार्थ गएको पुस ३० गते नेपाल मगर सांस्कृतिक संघ कास्कीले सांस्कृतिक उत्सव गरेको थियो । सहयोग वितरणका क्रममा नेपाल मगर सांस्कृतिक संघ कास्की उपाध्यक्ष दिलु मगर, महिला उपाध्यक्ष सिर्जना आलेमगर, कोषाध्यक्ष कल्पना आलेमगर, सहकोषाध्यक्ष चिना थापामगर, सदस्यहरु रामचन्द्र थापामगर, रेणु रिलामीमगर, ललित पुनमगर, बत्ति थापामगर, दिलु मगर, निरा थापामगर, दिलबहादुर मगर, पवित्रा कोइरालालगायत सहभागी थिए ।
फागुन १५ गतेपछि तनहुँ जिल्लाका विभिन्न भेगमा पुगेर केही अति विपन्न परिवारलाई सहयोग उपलब्ध गराउने पनि अध्यक्ष सारु मगरले जानकारी दिइन् ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी