
बेइजिङ । युक्रेन युद्धको एक वर्ष पुगेको दिन शुक्रबार चीनले एक राजनीतिक बक्तब्य जारी गरेपछि अहिले चीनको कदमको विश्वव्यापी चर्चा शुरु भएको छ ।
चीनको विदेश मन्त्रालयले युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्ता गर्नुपर्नेमा जोड दिएको छ । शान्ति वार्ता थाल्ने वातावरण सृजना गर्न अन्तर्राष्ट्रिय प्रयास हुनुपर्ने उसले बताएको छ । युक्रेनको सङ्कटको राजनीतिक समाधान खोज्न युक्रेन र रुसलाई आह्वान पनि गरेको छ । दुवै देशले अविलम्ब शान्ति वार्तामा बस्नुपर्नेमा जोड दिँदै बेइजिङले आणविक हतियारको प्रयोग नगर्न दुवै पक्षलाई सचेत गराएको छ ।
युक्रेन सङ्कटको राजनीतिक समाधानबारे आफ्नो १२ बुँदे धारणा सार्वजनिक गर्दै चीनले शान्ति वार्तामा जोड दिएको हो । अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि वार्ताको प्रयास अविलम्ब थाल्नुपर्ने बताउँदै द्वन्द्वरत पक्षलाई जतिसक्दो चाँडो राजनीतिक समाधानको ढोका खोल्न आह्वान गरेको छ । शान्ति वार्ताको पुनः थालनीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने जनाएको छ ।
सम्बद्ध पक्षलाई संयमित हुन आह्वान गर्दै बेइजिङले सबै पक्षलाई तनाव घटाउनेतर्फ लाग्न सुझाएको छ । सबै पक्षले रुस र युक्रेनलाई एउटै दिशामा काम गर्न र यथाशक्य चाँडो वार्ता पुनः सुरु गर्न सघाउनुपर्ने बताएको छ । युद्धविराममा पुग्न त्यो सहयोगी हुने विश्वास बेइजिङले व्यक्त गरेको छ ।
नागरिक संरचना र सुविधामा आक्रमण गर्न नहुने, महिला, बालबालिका र द्वन्द्वका अन्य पीडितहरूको सुरक्षा गरिनुपर्ने युद्ध बन्दीका मौलिक अधिकारको सम्मान हुनुपर्नेमा जोड दिँदै चीनले आणविक ऊर्जा केन्द्रमा आक्रमण गर्ननहुने बताएको छ । साथै उसले आणविक हतियारको धम्की वा प्रयोगको विरोध गर्दै आणविक सङ्कट निम्तिन नदिनेमा सबै चनाखो हुनुपर्ने बताएको छ ।
चीनले युक्रेन युद्ध शुरु भएयता युक्रेनसित वार्ता गरेको छैन तर रसियासित निरन्तर सम्वादमा छ । यसैबीच, एएफपीका अनुसार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले चीनबाट आफूलाई कुनै किसिमको शान्ति प्रस्ताव वा योजना प्राप्तन नभएको जानकारी दिँदै चिनियाँ योजनालाई परख गर्नुअघि आफूले बेइजिङसँग भेट्न चाहेको बताउनुभएको छ । चीनले युक्रनेका बारेमा बोल्न थाल्नुलाई उहाँले सकारात्मक सङ्केतका रुपमा लिएको बताउनुभएको छ । चिनियाँ प्रस्तावको अध्ययनपछि मात्र आफू निष्कर्षमा पुग्ने उहाँले बताउनुभयो ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान