काठमाडौँ । नेपालमा सूचना प्रविधि (आइटी) को क्षेत्रलाई अगाडी बढाउन अभियान चलाइरहेका एक अभियन्ताले सूचना प्रविधि विषयको पढाइमा लगाइएको कोटा प्रणाली खारेज गर्न तथा विदेशी विद्यार्थीहरुलाई पनि आकर्षित गरी नेपाललाई आइटी शिक्षाको हब बनाउन माग गरेका छन्।
अमेरिकास्थित डियर वाक इंक तथा काठमाडौँ सिफलस्थित डियर वाक कलेज तथा ट्रेनिंग सेन्टरका संस्थापक डा रुद्रराज पाण्डेले मंगलबार उपप्रधान तथा अर्थ मन्त्री बिष्णु पौडेललाई भेटेर त्यस्तो आग्रह गरेका हुन्।
उक्त भेटमा डा पाण्डेले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयहरुले निजी कलेजलाई आइटी विषयमा विद्यार्थी भर्ना गर्न कोटा तोकेकाले राम्रो पूर्वाधार र दक्ष शिक्षक भएका कलेजहरुले पनि खुम्चिएर बस्नु परेको गुनासो गरेका छन्। उनले संसारभरि नै आइटी स्नातकहरुको उच्च माग रहेकाले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्न कोटा प्रणाली तत्काल खारेज गर्न ध्यानाकर्षण पनि गराए।
ज्ञापनपत्रमा नेपालमा विदेशी विद्यार्थीहरुलाई आइटी अध्ययनको अवसर खुला गर्नका लागि अनलाइन प्रवेश परीक्षाको व्यवस्था गर्न, भिसा प्रक्रियालाई सरलीकृत गर्न, विदेशी प्राध्यापक राख्ने व्यवस्था गर्न तथा नेपालबाट उच्च शिक्षा प्राप्त गरेका विदेशी विद्यार्थीहरुको लागि कामदार भिसाको व्यवस्था गर्न पनि सुझाव दिइएको छ। उक्त भेटमा उपप्रधान मंत्री पौडेलले सूचना प्रविधि क्षेत्रको विकासलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र आइटी शिक्षामा लगाइएको कोटा हटाउन आफ्नो कार्यक्षेत्र भित्र गर्नसक्ने काम गर्ने बताएका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’