काठमाडौँ । नेपालमा सूचना प्रविधि (आइटी) को क्षेत्रलाई अगाडी बढाउन अभियान चलाइरहेका एक अभियन्ताले सूचना प्रविधि विषयको पढाइमा लगाइएको कोटा प्रणाली खारेज गर्न तथा विदेशी विद्यार्थीहरुलाई पनि आकर्षित गरी नेपाललाई आइटी शिक्षाको हब बनाउन माग गरेका छन्।
अमेरिकास्थित डियर वाक इंक तथा काठमाडौँ सिफलस्थित डियर वाक कलेज तथा ट्रेनिंग सेन्टरका संस्थापक डा रुद्रराज पाण्डेले मंगलबार उपप्रधान तथा अर्थ मन्त्री बिष्णु पौडेललाई भेटेर त्यस्तो आग्रह गरेका हुन्।
उक्त भेटमा डा पाण्डेले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयहरुले निजी कलेजलाई आइटी विषयमा विद्यार्थी भर्ना गर्न कोटा तोकेकाले राम्रो पूर्वाधार र दक्ष शिक्षक भएका कलेजहरुले पनि खुम्चिएर बस्नु परेको गुनासो गरेका छन्। उनले संसारभरि नै आइटी स्नातकहरुको उच्च माग रहेकाले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्न कोटा प्रणाली तत्काल खारेज गर्न ध्यानाकर्षण पनि गराए।
ज्ञापनपत्रमा नेपालमा विदेशी विद्यार्थीहरुलाई आइटी अध्ययनको अवसर खुला गर्नका लागि अनलाइन प्रवेश परीक्षाको व्यवस्था गर्न, भिसा प्रक्रियालाई सरलीकृत गर्न, विदेशी प्राध्यापक राख्ने व्यवस्था गर्न तथा नेपालबाट उच्च शिक्षा प्राप्त गरेका विदेशी विद्यार्थीहरुको लागि कामदार भिसाको व्यवस्था गर्न पनि सुझाव दिइएको छ। उक्त भेटमा उपप्रधान मंत्री पौडेलले सूचना प्रविधि क्षेत्रको विकासलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र आइटी शिक्षामा लगाइएको कोटा हटाउन आफ्नो कार्यक्षेत्र भित्र गर्नसक्ने काम गर्ने बताएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा