गोर्खामा जन्मे लखन थापा हुर्किए पल्टनमा
जहाँनियाँ शासन चलेको थियो त्यो बेला देशमा
त्यसैको विरोध गरेका थियौ झुन्ड्याइयो रुखमा
अन्तिम श्वास तिमीले फेर्यौ खिर्राको बोटमा ।
जागिर उनले खाएका थिए गोर्खाली पल्टनमा
त्यही जागिर छाडी फर्किए उनी जन्मेको ठाउँमा
निरङ्कुश शासन चलेको थियो त्यो बेला नेपालमा
त्यही शासन ढाल्न फर्किए उनी प्यारो त्यो गाउँमा ।
लखनले थाले घर-घरमा पुगी जगाउन जनतालाई
लखनको कुरा सुनेर सबले साथ दिए उनीलाई
जनताको सेना बनाए उनले त्यो शासन ढाल्नलाई
त्यो कुरा सुनी असह्य भयो निरंकुश शासकलाई ।
काठमाडौंबाट फौज आयो पक्डन उनीलाई
लखनको सेना असफल भयो भगाउन तिनीलाई
राणाको सेना सफल भयो पक्डन उनीलाई
हातखुट्टा बाँधी काठमाडौं लगे लखन थापालाई ।
काठमाडौँ लगी भनियो उनलाई पश्चाताप गर्नलाई
जीवनको भिख नमागे पछि लगाइयो मार्नलाई
गोर्खा नै लगे जल्लादहरुले मार्नलाई उनीलाई
गोर्खामा पुर्याइ जनताको सामु झुन्ड्याए लखनलाई ।
क्रान्तिको बिउ छाडेर गए जनताको घर-घरमा
त्यही बिउ पछि उम्रँदै गयो नेपाली धर्तीमा
जहाँनियाँ शासन ढलेर गयो २००७ सालमा
प्रथम शहीद बनेर लखन अमर छन् धर्तीमा ।
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु