गोर्खामा जन्मे लखन थापा हुर्किए पल्टनमा
जहाँनियाँ शासन चलेको थियो त्यो बेला देशमा
त्यसैको विरोध गरेका थियौ झुन्ड्याइयो रुखमा
अन्तिम श्वास तिमीले फेर्यौ खिर्राको बोटमा ।
जागिर उनले खाएका थिए गोर्खाली पल्टनमा
त्यही जागिर छाडी फर्किए उनी जन्मेको ठाउँमा
निरङ्कुश शासन चलेको थियो त्यो बेला नेपालमा
त्यही शासन ढाल्न फर्किए उनी प्यारो त्यो गाउँमा ।
लखनले थाले घर-घरमा पुगी जगाउन जनतालाई
लखनको कुरा सुनेर सबले साथ दिए उनीलाई
जनताको सेना बनाए उनले त्यो शासन ढाल्नलाई
त्यो कुरा सुनी असह्य भयो निरंकुश शासकलाई ।
काठमाडौंबाट फौज आयो पक्डन उनीलाई
लखनको सेना असफल भयो भगाउन तिनीलाई
राणाको सेना सफल भयो पक्डन उनीलाई
हातखुट्टा बाँधी काठमाडौं लगे लखन थापालाई ।
काठमाडौँ लगी भनियो उनलाई पश्चाताप गर्नलाई
जीवनको भिख नमागे पछि लगाइयो मार्नलाई
गोर्खा नै लगे जल्लादहरुले मार्नलाई उनीलाई
गोर्खामा पुर्याइ जनताको सामु झुन्ड्याए लखनलाई ।
क्रान्तिको बिउ छाडेर गए जनताको घर-घरमा
त्यही बिउ पछि उम्रँदै गयो नेपाली धर्तीमा
जहाँनियाँ शासन ढलेर गयो २००७ सालमा
प्रथम शहीद बनेर लखन अमर छन् धर्तीमा ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन