टर्कीमा शक्तिशाली भुकम्प, २०० भन्दा बढीको मृत्यु

बेरुत । दक्षिणपूर्वी टर्कीमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसअघि एक स्थानीय अस्पतालले एएफपीसँगको कुराकानीमा सिरियाली टर्की समर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको थियो ।
भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा महशुस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री