
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आज बसेको सो पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सो जानकारी दिनुभएको हो ।
बैठकले सरकारलाई दिएको समर्थन भने यथावत राख्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् । यसअघि पार्टी अध्यक्ष लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्थ्यो । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशबाट उहाँ पदमुक्त हुनुभएको थियो ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान