
काठमाडौँ । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
उहाँसँग आज मन्त्रालयमा नेपालका लागि अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरूले छुट्टाछुट्टै भेट गर्नुभएको मन्त्रालयले जनाएको छ ।
मन्त्री पौड्यालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापलरले गर्नुभएको भेटमा नेपालमा स्वीस् विकास कोअपरेशनअन्तर्गत सञ्चालित कार्यक्रमका साथै दुई देशबीचको सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो ।
यसैगरी मन्त्री पौड्यालसँग आजै नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँहरूबीचको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा सहकार्य र सहयोगबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन