
वासिङ्टन । बेइजिङलाई सम्भावित भर्ती लक्ष्यबारे जानकारी उपलब्ध गराएको आरोपमा एक चिनियाँ इन्जिनियरलाई बुधबार अमेरिकी जेलमा आठ वर्षको जेल सजाय सुनाइएको छ ।
सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका आएका र पछि सेनामा भर्ती भएका जी चाओचुनमाथि जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा रहेका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोपमा छानविनपछि सजाय सुनाइएको हो ।
अमेरिकी वैज्ञानिक र इञ्जिनियरको पहिचान गरेको आरोप लागेको थियो ।
यो निकाय एक प्रमुख चिनियाँ गुप्तचर एकाइ भएको र अवैध रूपमा अमेरिकी औद्योगिक र व्यापारिक रहस्यहरू प्राप्त गर्न र योजनाहरू प्राप्त गर्न चीनले प्रयोग गरेको आरोप अमेरिकी अधिकारीले लगाएका छन् ।
सन् २०१८ को सेप्टेम्बरमा जीलाई पक्राउ गरिएको थियो जसमा उहाँले चिनियाँ गुप्तचर निकायलाई आठ जनाको जीवनीसम्बन्धी जानकारी उपलब्ध गराउनुभएको थियो । ती सबै मूलतः चीन वा ताइवानका अङ्गीकृत अमेरिकी नागरिक थिए ।
करिब ३१ वर्षीय जीलाई सिकागोमा दुई सातालामो सुनुवाइपछि गैरकानुनी रूपमा विदेशी सरकारको एजेन्टको रूपमा काम गरेको र झूटो बयान दिएको अभियोगमा सेप्टेम्बरमा दोषी ठहर गरिएको थियो ।
अमेरिकी अभियोजनकर्ताहरूले जासुसीसम्बन्धी मामिलाहरूमा अक्सर यो आरोप प्रयोग गर्छन् जहाँ अभियुक्त स्पष्ट रूपमा विदेशी गुप्तचर एजेन्ट होइन ।
न्याय विभागका अनुसार जीले जियाङ्सु एकाइका डेपुटी डिभिजन डाइरेक्टर जू याञ्जुनको निर्देशनमा काम गरेको आरोप लगाइएको छ ।
विश्वको अग्रणी विमान इन्जिन निर्माता मध्येको एक ओहायोस्थित जीई एभिएसन र अमेरिकी सैन्य आपूर्तिकर्तालगायत अन्य उड्डयन कम्पनीहरूबाट व्यापारिक गोप्य कुराहरू चोर्ने चिनियाँ प्रयाससँग जीको मुद्दा जोडिएको दावी गरिएको छ ।
त्यो प्रयासमा जू एक प्रमुख व्यक्ति हुनुहुन्थ्यो । सन् २०१८ मा बेल्जियममा पक्राउ परेका उनलाई पुर्पक्षका लागि अमेरिका सुपुर्दगी गरिएको थियो ।
उहाँलाई सन् २०२१ को नोभेम्बरमा आर्थिक जासुसी गरेको र व्यापारिक गोपनीयता चोरीको प्रयास गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।
नोभेम्बर २०२२ मा जूलाई २० वर्षको जेल सजाय सुनाइएको थियो ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो