नयाँदिल्ली । भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि विमानमा यात्रारत अवस्थामा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब रु ४० लाख जरिवाना गराएको छ ।
गत नोभम्बर २६ मा न्युयोर्कबाट एयर इन्डियाको विमानमा नयाँदिल्ली आउँदा अमेरिकी ब्याङ्कर भारतीय नागरिक शङ्कर मिश्राले महिलामाथि गरेको दुव्र्यवहारविरुद्ध एयर इन्डियाले कारबाही नगरेकाले नागरिक उड्डयन प्राधिकरणले उक्त जरिवाना गराएको हो ।
नयाँदिल्ली विमानस्थलमा सामान्य यात्रुलाई झैँ अभियुक्त मिश्रालाई विनाकारबाही प्रस्थान गर्न दिइएकामा आपत्ति जनाउँदै एयर इन्डियाका उड्डयन प्रबन्धकलाई भारु तीन लाख बेग्लै जरिवाना गराइएको छ ।
त्यसैगरी, उक्त विमानका एकजना चालकलाई तीन महिनासम्म उडानमा प्रतिबन्ध लगाइएको छ । मिश्राबाट भएको उक्त निन्दनीय कार्यको भारतका साथै विश्वव्यापी रुपमा चर्को आलोचना भएको थियो ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन