लण्डन । बेलायतमा करिब डेढ महिनादेखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको छ ।
ह्याम्पसायर प्रहरीले दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार करिब दिउँसो ३ बजेतिर फेला परेको हो ।
प्रहरी औपचारिक रुपमा शव किरणको भए नभएको पहिचान हुन बाँकी भए पनि किरणकै हुनसक्ने अनुमान गरेको छ र परिवारलाई यसबारेमा जानकारी दिएको बताएको छ । परिवारलाई प्रहरीका विशेष दक्षता भएका अधिकृतहरुले सहयोग गरिररहेको बताइएको छ ।
ह्याम्पसायर तथा आइल अफ वाइटका ठूला अपराधका प्रमुख डिटेक्टिभ इन्स्पेक्टर आडम इडवार्डसले प्रहरीले किरणलाई के भएको थियो भन्ने प्रश्नको जवाफ परिवारलाई दिन कठोर कार्य गरिररहेको बताएका छन् । किरण कहिले र कसरी त्यो पार्कमा पुगे भन्ने बुझ्न आफूहरूका लागि महत्वपूर्ण भएको उनले बताएका छन् ।
सो क्षेत्रमा केही गलत भइरहेको जानकारी भएको भए वा केही शंकास्पद गतिविधि भएको थाहा भए प्रहरीलाई जानकारी दिन उनले अपील गरेका छन् । उनले सो क्षेत्रमा प्रहरीको अनुसन्धान चलिरहेको र घर घरमा गएर सूचना संङ्कलन गरिररहेकाले सहयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।
घटनाका बारेमा प्रहरीलाई आफ्नो परिचय गोप्य राखेर पनि जानकारी दिन सकिने उनले स्मरण गराएका छन् । एम्सबरीमा बस्ने पुन डिसेम्बर १ तारिखका दिन रेलबाट फार्नब्रो आएको र तत्पश्चात बस चढेर अल्डरसट रेल स्टेशन बाहिर झरेका थिए । त्यसपछि स्टेशन इष्ट रोडसम्म उनी पुगेको प्रहरीले पत्ता लगाएको थियो । सो स्थान र अहिले प्रहरीले शव फेला पारेको स्थानबीचको दुरी हिँडेर १५ मिनेटको छ । यति नजिकको दुरीभित्र उनको शव पत्ता लगाउन ४५ दिन लाग्नु प्रहरीको कार्यक्षमताको कमजोरी हो कि खोजीमा वेवास्ता हो आश्चर्यजनक बनेको छ ।
उनी पूर्व गोरखा सैनिक परिवारका छोरा हुन् ।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट