लण्डन । बेलायतमा करिब डेढ महिनादेखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको छ ।
ह्याम्पसायर प्रहरीले दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार करिब दिउँसो ३ बजेतिर फेला परेको हो ।
प्रहरी औपचारिक रुपमा शव किरणको भए नभएको पहिचान हुन बाँकी भए पनि किरणकै हुनसक्ने अनुमान गरेको छ र परिवारलाई यसबारेमा जानकारी दिएको बताएको छ । परिवारलाई प्रहरीका विशेष दक्षता भएका अधिकृतहरुले सहयोग गरिररहेको बताइएको छ ।
ह्याम्पसायर तथा आइल अफ वाइटका ठूला अपराधका प्रमुख डिटेक्टिभ इन्स्पेक्टर आडम इडवार्डसले प्रहरीले किरणलाई के भएको थियो भन्ने प्रश्नको जवाफ परिवारलाई दिन कठोर कार्य गरिररहेको बताएका छन् । किरण कहिले र कसरी त्यो पार्कमा पुगे भन्ने बुझ्न आफूहरूका लागि महत्वपूर्ण भएको उनले बताएका छन् ।
सो क्षेत्रमा केही गलत भइरहेको जानकारी भएको भए वा केही शंकास्पद गतिविधि भएको थाहा भए प्रहरीलाई जानकारी दिन उनले अपील गरेका छन् । उनले सो क्षेत्रमा प्रहरीको अनुसन्धान चलिरहेको र घर घरमा गएर सूचना संङ्कलन गरिररहेकाले सहयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।
घटनाका बारेमा प्रहरीलाई आफ्नो परिचय गोप्य राखेर पनि जानकारी दिन सकिने उनले स्मरण गराएका छन् । एम्सबरीमा बस्ने पुन डिसेम्बर १ तारिखका दिन रेलबाट फार्नब्रो आएको र तत्पश्चात बस चढेर अल्डरसट रेल स्टेशन बाहिर झरेका थिए । त्यसपछि स्टेशन इष्ट रोडसम्म उनी पुगेको प्रहरीले पत्ता लगाएको थियो । सो स्थान र अहिले प्रहरीले शव फेला पारेको स्थानबीचको दुरी हिँडेर १५ मिनेटको छ । यति नजिकको दुरीभित्र उनको शव पत्ता लगाउन ४५ दिन लाग्नु प्रहरीको कार्यक्षमताको कमजोरी हो कि खोजीमा वेवास्ता हो आश्चर्यजनक बनेको छ ।
उनी पूर्व गोरखा सैनिक परिवारका छोरा हुन् ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण