
वाशिङ्गटन । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले त्यहाँको कङ्ग्रेस, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आइतबार आक्रमण गरेका छन् ।
बोल्सोनारोका समर्थकहरूले सुरक्षा अवरोधहरू तोडेर आइतबार ब्राजिलको कङ्ग्रेस, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेको सीएनएनले ब्राजिलका सञ्चारमाध्यमहरूमा देखाइएका तस्वीरहरू उद्धृत गर्दै उल्लेख गरेको छ ।
लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि बोल्सोनारोका समर्थकहरू ब्राजिलियामा क्याम्पिङ गरिरहेका छन् । विरोधका कारण कङ्ग्रेसको दुवै सदन चल्न सकेको छैन।
सीएनएनका अनुसार प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा आक्रमण गर्दा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा भने भवनमा अनुपस्थित हुनुहुन्थ्यो ।
बोल्सोनारो समर्थकहरूको कदमलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले “लोकतन्त्रमाथिको आक्रमण” भन्दै निन्दा गर्नु भएको छ । ट्वीट गर्दै राष्ट्रपति बाइडेनले ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूप्रति आफ्नो देशको पूर्ण समर्थन रहेको पनि उल्लेख गर्नुभएको छ।
त्यसैगरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले “ब्राजिलको प्रजातान्त्रिक संस्थाहरूमा भएको आक्रमणको” निन्दा गर्नु भएको छ । उहाँले ब्राजिलका जनता र प्रजातान्त्रिक संस्थाको इच्छालाई सम्मान गर्नुपर्नेमा पनि जोड दिनु भएको छ।
“आज भएको ब्राजिलको लोकतान्त्रिक संस्थाहरूमा भएको आक्रमणको म निन्दा गर्दछु। ब्राजिलका जनता र प्रजातान्त्रिक संस्थाहरूको इच्छालाई सम्मान गर्नुपर्छ। मलाई पूर्ण विश्वास छ कि यो हुनेछ। ब्राजिल एक महान लोकतान्त्रिक देश हो,” गुटेर्रेसले ट्वीटमा लेख्नु भएको छ ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा