
वासिङ्टन । लामो प्रयासपछि अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गर्न सफल भएको छ ।
रिपब्लिकन पार्टीको बहुमत रहेको प्रतिनिधिसभामा चरमपन्थी सदस्यहरुको विरोधका कारण पन्ध्र पटकसम्म चुनाव गर्नु परेको थियो । पन्ध्रौँ पटकको चुनावमा रिपब्लिकन पार्टीका कङ्ग्रेस सदस्य केभिन म्याकार्थीले बहमुत पाई सभामुखमा निर्वाचित भए ।
सभामुखमा चयन हुन म्याकार्थीले चरमपन्थी सांसदहरुलाई विभिन्न आश्वासन दिएका छन् भने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हस्तक्षेप गर्नु परेको थियो ।
उता अल्पमतमा रहेका डेमोक्र्याटहरूले भने न्युयोर्कका सांसद हकिम जेफ्रिजलाई मतदान गरेका थिए । उनी कँग्रेसमा पार्टीको नेतृत्व गर्ने पहिलो अश्वेत नेता हुन् ।
स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने