
पेरिस । गोर्खाली समाज फ्रान्सको आयोजनामा विगतका वर्षहरुमा झैँ यस वर्ष पनि फ्रान्सको आइफल टावर अगाडी अन्तर्रास्ट्रिय नेपाली टोपी दिवस, नयाँ वर्ष २०२३ तथा पर्यटन प्रचार प्रसारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
‘हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान’ भन्ने मूल नाराका साथ १० औं नेपाली टोपी दिवस नेपाल लगायत विश्वभर स्वफूर्तरुपमा नेपालीहरुले टोपी दिवस मनाइरहँदा फ्रान्सका नेपालीहरुले फ्रान्सको प्रमुख पर्यटकीय क्षेत्र आइफल टावरमा टोपी र नेपाली पोशाक लगाएर टोपी दिवस मनाएका हुन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदुत दीपक अधिकारी, नियोग उपप्रमुख, एनआरएनए फ़्रान्सका संस्थापक अध्यक्ष एवं गोर्खाली समाज फ्रान्सका वरिस्ट अभिभावक हरिहर अर्याल, पूर्व अध्यक्ष एकता समाज फ्रान्स र अभिभावक सुक गुरुङ, अन्तर्राष्ट्रिय टोपी प्रतिष्ठान सँस्कृति तथा सद्भावनादूत एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष एवं समाजका अभिभावक निर्मल अर्याल, निवर्तमान अध्यक्ष अभिभावक सुरेन्द्र काप्री, एनआरएनए फ्रान्सका अध्यक्ष गीता खनाल थापा, एनआरएनए फ्रान्सका आइसिसी सदस्य अमर भण्डारी, मोना फ्रान्सका अध्यक्ष देवेन्द्र केसी, तमु समाज फ्रान्सका अध्यक्ष तुलाराम तमु, गोरखाली समाज जर्मनीका अध्यक्ष वासु अर्याल, पाकोफेन पूर्व अध्यक्ष जीता कटुवाल , तामाङ घेधुङ फ्रान्सका अध्यक्ष कुल बहादुर तमाङ अन्य अतिथि विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरु, पत्रकारहरु, पर्यटक लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
साथै, नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको, प्रचार प्रसार र पर्यटन प्रवर्धनमा टेवा पुग्ने उद्देश्यले कार्यक्रम गरिएको थियो । नेपालको पहिचानसहित विश्वभरबाट उपस्थित हुने पर्यटकहरुलाई करिब ३५० पर्चा र फोटो वितरण गरिएको थियो ।
चिसो मौसम, पानी परेता पनि विदेशीले पनि प्लेकार्डसहित जानकारी लिन र हेर्न समेत भ्याएका थिए । उक्त कार्यक्रममा रास्ट्रिय झण्डा ,सगरमाथा र गौतम बुद्धको देश भनेर चिनाउने उद्देश्यका साथ नेपालीहरु विभिन्न नेपाली पहिरनका साथमा उपस्थित भएका थिए। सम्पूर्ण उपस्थित पाहुनाहरु तथा आगन्तुक पर्यटकहरुलाई तातो मीठो नेपाली चिया खाँदै, नेपाली संस्कृतिको बारेमा उत्सुक हुँदै एक फ्रेन्च गायिका मिस जोनी एलितेले मीठो गीत गाउँदै सम्पूर्ण पर्यटकको ध्यान आकर्षक गरेको थियो।
सोही क्रममा बोल्दै गोर्खाली समाज फ्रान्सका वरिष्ठ अभिभावक एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्यालले शुभकामना मन्तब्य साथै नेपाली ढाका टोपीको बारेमा हाम्रो इतिहास र टोपीको महत्वको बारेमा जानकारी दिनु भएको थियो । हरेक वर्ष नेपाली टोपी रास्ट्रियताको पहिचान भएको विस्वभरि जहाँ जस्ले टोपी लगाए पनि नेपाली भनेर सजिलै पहिचान हुने, टोपी यो उत्कृष्ट पर्यटकीय स्थलमा प्रचार प्रसार गर्दै नेपाली पर्यटन प्रबर्धन गर्न सहयोग गरेकोमा राजदुत अधिकारीले गोरखाली समाज फ्रान्सलाई धन्यवाद समेत ब्यक्त गर्नुभयो।
यस्तैगरी हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै गोरखाली समाज जर्मनीका अध्यक्ष वासु अर्यालले विदेश बसी नेपाली भेषभूसा टोपी हाम्रो पहिचान विश्वविख्यात स्थानमा प्रचार गर्न पाउँदा निक्कै हर्षित हुँदै टोपी गोर्खाली र नेपालीहरुले नै जगेर्ना गर्नुपर्ने बताउनु भयो।आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
साथै राजदुतावास सपरिवार पेरिस फ्रान्स नेपाल र नेपाली चिनाउने पर्चा पम्प्लेट विस्वसामू प्रचार प्रसार गर्दै नेपाली पर्यटन प्रचार प्रसार प्रबर्धन सहयोग गरिदिनुभएकोमा र उपस्थित सबैमा यो प्रतिकूल मौसममा पनि आफ्नो अमूल्य समय दिएर गोर्खाली समाज फ्रान्सको आमन्त्रणलाई स्वीकार गरी ठूलो संख्यामा नेपालीहरुको उपस्थिति हुनुभएका सम्पूर्णमा समाजका अध्यक्ष रामेश्वर श्रेष्ठले हार्दिक धन्यवाद ब्यक्त गर्नुभयो भने कार्यक्रम संचालन महासचिव धनुकुमारी घलेले गर्नुभएको थियो।

राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा