
काठमाडौँ । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासको सवारीसाधनमा लुटपाट भएको छ ।
त्यहाँस्थित नेपाल दूतावासले एक सूचना जारी गर्दै अमेरिकाको डालास, अस्टिन र ह्युस्टनमा सञ्चालित कन्सुलर सेवा शिविरबाट सङ्कलित ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको जनाएको हो ।
दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शूल्कवापत बुझाएको मनी अर्डर र क्यासियर चेकसहित दूतावासका कर्मचारीहरू २२ डिसेम्बरमा ह्युस्टनबाट बासिङ्टन डिसीतर्फ गइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो १२ बजे पार्किङमा राखिएको दूतावासको सवारीसाधन तोडफोड गरी लुटिएको हो ।
उक्त घटनापछि तत्काल ‘ह्युस्टन पुलिस डिपार्टमेन्ट’ तथा ‘डिप्लोमेटिक सेक्युरिटी डिभिजन’लगायतका सुरक्षा निकायमा उजुरी गरी लुटिएको मनी अर्डर र क्यासियर चेक फिर्ता लिने प्रयास भइरहेको दूतावासले जनाएको छ ।
सेवाग्राहीको नजिकै गई सेवा प्रवाह गर्ने क्रममा भएको यो घटनाको अनुसन्धान गरी लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा सहयोग गर्न दूतावासले अपिल गरेको छ । त्यस्तै त्यसरी लुटिएका मनी अर्डर र क्यासियर चेक रद्द गर्नका लागि पनि दूतावासले आग्रह गरेको छ ।
“कन्सुलर सेवा शिविरबाट सेवा प्राप्त गर्ने सबै सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा पेस गर्नुभएको मनी अर्डर वा क्यासियर चेक यदि रद्द गर्न सम्भव भएमा आफूले मनी अर्डर वा क्यासियर चेक बनाएको सम्बन्धित स्टोर वा बैंकमा गई तत्काल ती रद्द गर्न अनुरोध छ”, दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]