
बर्लिन । बर्लिनमा शुक्रबार रेडिसन ब्लु होटलको एक विशाल एक्वेरियम विस्फोट भएको छ । विष्फोटपछि त्यहाँ रहेका करिब एक हजार ५०० माछा होटल परिसर र नजिकैको सडकमा छरपस्ट भएपछि सबै माछा मरेका छन् ।
स्थानीय समयअनुसार बिहान ५:५० बजे १४ मिटर अग्लो बेलना आकारको सो एक्वेरियम विस्फोट हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बर्लिनको अग्नि नियन्त्रक विभागका प्रवक्ताले एएफपीसँग भन्नुभयो, “एक्वेरियम रहेको होटल परिसरको भुइँतलामा रहेको १० लाख लिटर पानी र भित्रका सबै माछा बगेर मरेका छन् ।”
होटलका अतिथिहरूले ठूलो धमाका र सानो भूकम्प गएजस्तो आवाजपछि आफूहरू ब्यूँझिएको रिपोर्ट गरेका छन् ।
सिसाको छर्राबाट दुई जनालाई हल्का चोट लागेको र उनीहरुलाई अस्पताल लगिएको र सबै माछा मरेको बताइएको छ ।
बर्लिनका मेयर फ्रान्जिस्का गिफीले भन्नुभयो, “यो पूर्ण सुनामीजस्तै थियो ।” भाग्यबस यो घटना बिहानै भएको थियो र निकै थोरै मानिस मात्र घटनास्थल वरपर थिए ।
उहाँले भन्नुभयो, “हामीले देखेको भयानक विनाशको बावजुद संयोगबस मानिसहरू गम्भीर घाइते भएका छैनन् ।” उनले पत्रकारहरूसँग भन्नुभयो । ट्याङ्कीमा रहेका एक हजार ५०० माछालाई भने बचाउन नसकिएको गिफीले बताउनुभयो ।
घटनास्थलमा तत्काल १०० भन्दा बढी आपतकालीन कर्मचारीहरू पुग्दा घटनास्थल सिसा र अन्य भग्नावशेषले छरपष्ट थियो ।
बेलना आकारको उक्त विशाल एक्वेरियम लामो समयदेखि बर्लिनमा एक लोकप्रिय पर्यटक आकर्षणका रूपमा रहेको थियो ।
सी लाइफ वेबसाइटका अनुसार, एक्वेरियम विश्वको सबैभन्दा ठूलो बेलना आकार (फ्रीस्ट्यान्डिङ एक्वैरियम) हो ।
होटलकी अतिथि क्लाउडिया गोन्जालेसले एक्वेरियम फुट्दा आफू ओछ्यानबाट लडेको बताउनुभयो । उहाँले एएफपीसँग भन्नुभयो, “उक्त समय आतिशबाजीको जस्तो आवाज आएको थियो र होटल भित्रभित्रै हल्लिएको थियो ।”
होटल वरपरको क्षेत्र दिउँसोसम्म सिल गरिएको थियो ।
पानीको बाढीले झ्याल र ढोका हरू भत्काएर होटल बाहिरको गल्लीमा कुर्सी, टेबुल र साना विरूवाका गमलाहरू लडाएको थियो । होटेलमा बस्ने पाहुनाहरूबाट अनलाइनमा प्रसारित तस्वीरहरू र भिडियोहरूमा पारदर्शी एक्वेरियममा व्यापक क्षति भएको देखिन्छ । त्यहाँ केवल फ्रेम मात्र देखिन्छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]