
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङल्यामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रुपा सोसीचौधरी, रणेन्द्र बराइली, सुशीला श्रीपाली ठकुरी, मीना यादव, उमरावतीदेवी यादव र कल्पना मियाँ रहनुभएको छ ।
माओवादी केन्द्रको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले ती नामावलीलाई अन्तिम रुप दिएको हो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी प्रत्यक्षतर्फ १८ स्थानमा विजयी भएको थियो । यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १४ सिट प्राप्त गरेको थियो । पदाधिकारीको बैठकले टुङ्गो लगाएका नाम निर्वाचन आयोगमा बुझाइसकेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ