
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखा भूतपूर्व सैनिकहरूको संयुक्त संयन्त्र जी-१० भित्र विश्वासको वातावरण बनाइ राख्न आवश्यक भएको बताएको छ ।
सो संयन्त्रका सदस्य समेत रहेका गेसो सभापति कृष्णकुमार राईले आज एक विज्ञप्ति जारी गर्दै नोभेम्बर ३० मा बेलायत र नेपाल सरकारबीच गोरखा भूतपूर्व सैनिकका समस्याका बारेमा प्राविधिक स्तरमा भएको वार्ता गोरखाहरूको सरोकारको विषयमा बेलायती पक्षलाई आश्वस्त तुल्याएकोमा नेपाल सरकारका प्रतिनिधहरू र गोरखा दुतहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।
उनले वार्तालाई सफल पार्न नेपाल सरकार र गोरखा संस्थाहरू जी-१० का प्रतिनिधिहरूबीच घनीभूत छलफल गरेर एउटै आवाजमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् । वार्ताबाट समाधान निस्कनेमा आफूहरू आशावादी रहेको भन्दै उनले सम्पूर्ण भूतपूर्व सैनिकहरूबीच एकता र सहकार्यको आवश्यकता औँल्याएका छन् ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन