
जेनेभा । स्विट्जरल्याण्डले युक्रेनमा रूसले शुरू गरेको युद्धलाई लिएर लगाइएको प्रतिबन्ध अन्तर्गत रूसको कूल ७.५ अर्ब स्वीस फ्र्याङ्क (७.९ अर्ब अमेरिकी डलर) जफत गरेको बिहीबार जनाएको छ ।
महिनौँदेखि रोक्का भइरहेको यो रकम गत जुलाईमा स्टेट सेक्रेटेरिएट फर इकोनोमिक अफेयर्स (सेको) ले उपलब्ध गराएको आँकडाभन्दा करिब एक अर्ब स्वीस फ्र्याङ्क बढी हो ।
धनी रूसी र तीनका सम्पत्तिका लागि उपयुक्त गन्तव्य स्विट्जरल्यान्डमा पनि १५ शीर्षकमा रूसी सम्पत्ति जफत गरिएको छ ।
रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेको चार दिनपछि सामान्य रूपमा तटस्थ देखिने स्विट्जरल्यान्डले मस्कोविरुद्ध छिमेकी युरोपेली सङ्घको प्रतिबन्धसँग आफूलाई मिलाउने निर्णय गरेको थियो ।
युरोपेली सङ्घका समकक्षीहरूजस्तै स्वीस बैंकहरूलाई पनि रुसी नागरिक वा रूसमा रहेका व्यक्ति वा संस्थाहरूबाट एक लाख स्वीस फ्रयाङ्कभन्दा बढीको निक्षेप स्वीकार गर्न प्रतिबन्ध लगाइएको छ र उक्त रकमभन्दा बढी सबै विद्यमान निक्षेपहरू घोषणा गर्न आदेश दिइएको छ ।
विद्यमान निक्षेप घोषणा गरिएको कूल ४६.१ अर्ब स्वीस फ्र्याङ्क घोषणा गरिएको छ तर सेकोका अनुसार यो ‘स्विट्जरल्याण्डमा जम्मा गरेको रूसी मूलको कुल रकमसँग बराबर हुन सक्दैन ।
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो