न्यूयोर्क । नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना)को मेरिल्याण्ड शाखा तदर्थ समिति गठन भएको छ ।
कुस्मा सुर्यबंसीको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन भएको हो ।
फिवनाले स्थापनाकालदेखि नै अमेरिकाको विभिन्न राज्यमा शाखा गठन गर्ने संकल्प राखेको पनि करिब ११ वर्षपछि पहिलो शाखा गठन भएको हो ।
फिवनाको अध्यक्ष इन्दिरा चोङबाङले विभिन्न कठिनाईका कारण अहिलेसम्म शाखा गठन हुन नसकेको अवस्थामा मेरिल्याण्ड शाखा गठनबाट संस्थाले एउटा फड्को मारेको बताएकी छिन् । उनले शाखा गठनमा उत्साहित सम्पूर्ण बाल्टीमोरबासी दिदीबहिनीहरु, न्यूयोर्क र मेरिल्याण्डबीचमा पुलको काम गर्ने यस सॅस्थाकी सॅस्थापक अध्यक्ष तथा सल्लाहकार संगिनी राना मगर, कमला लिम्बु, देबिका राई, पूर्व सभासद शान्ति जिरेल र पत्रकार मच्छे गुरूङप्रति धन्यबाद ब्यक्त गरेकी छिन् ।
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर