
पाल्पा । एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभएको हो ।
पाल्पा निर्वाचन क्षेत्र नं १ (१) को प्रदेशसभा सदस्यमा राजुप्रसाद श्रेष्ठ (भाइ) र रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) बाट भोजप्रसाद श्रेष्ठ (दाजु) निर्वाचित हुनुभएको छ । भोजप्रसाद लामो समयदेखि रुपन्देहीमा रहेर राजनीतिक क्षेत्रमा अगाडि बढ्नुभएको छ भने राजुप्रसादले रामपुरमै रहेर राजनीति गर्ने क्रममा यस पटक प्रदेशसभा सदस्यमा जित हासिल गर्नुभएको छ ।
राजुप्रसाद प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनाललाई पछि पार्दै १७ हजार छ सय ४२ मत प्राप्त गरी प्रदेशसभा सदस्य बन्नुभएको छ । प्रतिस्पर्धी खनालले १२ हजार दुई सय ५२ मत प्राप्त गर्नुभएको छ । भोजप्रसाद २०७४ मा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ केही समय लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा समेत रहेर काम गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वामदेव घिमिरे क्षेत्रीलाई पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
कूल खसेको मतमध्ये १६ हजार तीन सय मतसहित विजयी बन्नुभएको हो । प्रतिस्पर्धी घिमिरेले नौ हजार चार सय १० मत पाउनुभएको छ । स्वर्गीय पिता लोकप्रसाद श्रेष्ठ र माता शेषकुमारी श्रेष्ठका भोजप्रसाद साहिलो र राजप्रसाद कान्छो सन्तान हुनुहुन्छ ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा