
लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको वार्षिक साधारणसभामा वरिष्ठ पत्रकार हरिकुमार गुरुङ ‘काजी’ सम्मानित भएका छन् भने उदीयमान पत्रकार अमित थेबे पुरस्कृत भएका छन् ।
बेलायतको अल्डरसटस्थित एम्पायर हलमा फोनिज युकेका अध्यक्ष गोमा रानाको अध्यक्षतामा र नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको प्रमुख आतिथ्यतामा शनिबार सो साधारणसभा भएको थियो ।
साधारणसभामा फोनिज युकेका सल्लाहकार तथा पत्रकार हरिकुमार गुरुङ ‘काजी’ लाई ‘फोनिज युके पत्रकारिता सम्मान’ प्रदान गरियो भने पत्रकार अमित थेबे ‘मिहाङ’ लाई ‘फोनिज युके उत्कृष्ट पत्रकार पुरस्कार’बाट पुरस्कृत गरिएको छ । पत्रकार पुरस्कारको राशी १०१ पाउन्ड नगद र प्रमाणपत्र रहेको छ । पुरस्कारको राशी नेफिन यूकेका अध्यक्ष शेर्पाले प्रायोजन गरेका थिए ।
साधारणसभामा फोनिज युकेका अध्यक्ष रानाले संस्थाको प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उक्त प्रतिवेदनलाई उपस्थित सदस्यहरुले सर्वसम्मतले पारित गरेका थिए ।
संस्थाका सचिव लीला सेलिङ माबोले संचालन गरेको साधारणसभाले फोनिज युकेको सदस्यता शुल्क २५ पाउन्ड तय गरेको छ ।
साधारणसभामा नयाँ सदस्यहरु तथा पत्रकारहरु किरण राई, रमेश राई र टेक माबोलाई फोनिज यूकेमा स्वागत गरिएको थियो । त्यस्तै, नेफिन युकेका सल्लाहकार दुत पुन ‘चिम्खोले काइँला’ले नेफिन यूकेलाई विशेष योगदान पुर्याएबापत र न्यू लक्ष्मी ज्वेलर्सका प्रबन्ध निर्देशक लक्ष्मी राईले विशेष आर्थिक सहयोग गरेबापत नेफिन यूकेका अध्यक्ष शेर्पाले ‘नेफिन युके सम्मान’ द्वारा सम्मान गरेका थिए ।
साधारणसभामा निवर्तमान अध्यक्षहरु विश्वासदीप तिगेला र प्रमिला लाबुङ राई, सल्लाहकारहरु एकेन्द्र गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, एभरेस्ट टाइम्सका सम्पादक चिम्खोले काइँला, पत्रकार जमुना पुन, मगर संघ यूकेका निवर्तमान अध्यक्ष सुनिल राना, नेपाल चलचित्र कलाकार संघ युकेकी अध्यक्ष रोमियन लिम्बु, न्यू लक्ष्मी ज्वेलर्सकी प्रबन्ध निर्देशक लक्ष्मी राई, पत्रकार किरण राई, ग्लोबल दैनिकका सहसम्पादक बिमला लिम्बु, पत्रकार अमित थेबे ‘मिहाङ’ले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना मन्तव्य दिने क्रममा पत्रकारहरु विश्वासदीप तिगेला, हरिकुमार गुरुङ ‘काजी’, संस्कृतिका जानकार एवं गितकार एकेन्द्र गुरुङ र पत्रकार थेबेले आदिवासी जनजाति पत्रकारहरु तथा पत्रकारितासँग सम्बन्धित संस्थाहरुबारे चर्चा गर्दै त्यसको भूमिकाबारे बोलेका थिए ।
नयाँ सदस्य तथा पत्रकारहरु टेक माबो, किरण राई, रमेश राई, अन्तर्राष्ट्रिय मगर मञ्चका उपाध्यक्ष तथा मगर संघ यूकेका उपाध्यक्ष रुद्र थापालगायतको पनि उपस्थिति थियो ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व