
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपाललाई सहयोगस्वरुप भारतले दुई सय थान सवारीसाधन उपलब्ध गराएको छ ।
अर्थमन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सरकारका तर्फबाट उपहारस्वरुप उपलब्ध गराइएका सवारी साधन(पीक अप भ्यान)को साँचो हस्तान्तरण गर्नुभयो ।
ती सवारी साधनमध्ये एक सय २० वटा सुरक्षा निकाय र बाँकी निर्वाचन आयोगलाई उपलब्ध हुनेछ । भारतले विगत वर्षमा पनि निर्वाचनका समयमा यस प्रकारको सवारीसाधन उपलब्ध गराउँदैआएकामा हालसम्म दुई हजार चार सय सवारी साधन उपलब्ध गराइसकेको छ । त्यसमध्ये दुई हजार सुरक्षा निकाय र ४०० थान निर्वाचन आयोगलाई प्राप्त भएको थियो ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित