
लण्डन । एनआरएनए यूकेले आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा निशुल्क स्वास्थ्य शिविर गरेको छ ।
एनआरएनए यूके स्वास्थ्य विभागको आयोजनामा शिविर भएको हो ।
विभागका संयोजक डा विशाल गुरुङले संयोजन गरेको उक्त शिविरमा एनएचएस जिपी डक्टर जीत तामाङ, मानसिक स्वास्थ्य टिमकी सुष्मा गुरुङ लगायत नर्सहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।
विशेष गरी भूतपूर्व गोर्खा वृद्धवृद्धाहरुको ब्लड प्रेसर, ब्लड सुगर, उचाईं, तौल र बीएमआइ जांच गरिएको थियो । अंग्रेजी भाषा नबुझ्ने वृद्धवृद्धा शिविरबाट बढी लाभान्वित भए ।
उक्त स्वास्थ्य शिविरलाई स्थानीय ग्रेटर रसमोर नेपलिज कम्युनिटीले पनि साथ दिएको थियो । एनआरएनए यूकेले अबदेखि प्रत्येक महिनाको अन्तिम आइतबार दिउसो २ देखि ४ बजेसम्म अल्डरसट कार्यालयमा निशुल्क स्वास्थ्य शिविर गर्न लागेको अध्यक्ष प्रेम गाहामगरले जानकारी दिएका छन् ।
अध्यक्ष गाहामगरले संघले जनहितका लागि अन्य कयौं कार्यक्रम गर्ने तयारी गरिरहेको पनि बताए । उनले शिविरमा संलग्न स्वास्थ्यकर्मी र सहयोगी ग्रेटर रसमोर नेपलिज कम्युनिटीप्रति आभार समेत व्यक्त गरेका छन् ।

ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची