सिन्धुपाल्चोक जिल्लाको एक दुर्गम गाउँमा जन्मिएका बिदुर खत्री हाल स्कटल्यान्डको एक प्रतिष्ठित पाँचतारे होटलमा एक्जेक्युटिभ पेष्ट्री सेफको जिम्मेवारी सम्हालिरहेका छन् । अध्ययनकै सिलसिलामा पढाई खर्च जुटाउने उद्देश्यले सन् १९९०-१९९१ मा नेपाल अक्याडमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (एचएमटिटिसी) बाट फुड कुकिङ सम्बन्धी तालिम लिएपछि उनले होटल सोल्टीमा बेकरी एन्ड पेष्ट्री डिपार्टमेन्टमा काम गर्न सुरु गरेका हुन् । मजदुरहरूका हक अधिकारका प्राप्ती तथा संरक्षणका लागी आधिकारिक ट्रेड युनियनमा पदाधिकारीको जिम्मेवारी समेत उनले निभाएका थिए। यसै अवधिमा मजदुरका पक्षमा दिर्घकालीन हित हुने महत्वपूर्ण उपलब्धिहरु पनि हासिल भएका थिए ।
सन् १९९७ मा आफूसंगै काम गर्ने केही साथीहरू अमेरिकी कोलोनी साईपानमा जाने भएपछि उनी पनि पहिलोपटक त्यतैतर्फ लागे । काम गर्दागर्दै बी एलको अध्ययन सकी बार एसोसिएसनको परीक्षा दिएर त्यता गएकोमा यसै अवधिमा लाइसेन्स प्राप्त भएको तथा घरायसी यादले सताएपछि कानुन व्यवसायलाई नै अवलम्बन गर्ने अठोटका साथ एक वर्षमै उनी नेपाल फर्के । तर आफ्नै ब्याचका कानुनी पेशा अपनाइरहेका साथीहरूको सल्लाह तथा आफू कार्यरत पेशामा सबै देशमा रोजगारीको अवसर खुला रहेकोले यसै पेशालाई निरन्तरता दिएको उनी बताउँछन्।
सोल्टी होटलमा कार्यरत रहँदा आधिकारिक ट्रेड युनियनमा सामेल भई श्रमिकका हक हितमा काम गरेका कारण पुन: सेफमा काम पाउन अत्यन्तै कठिन अनुभव गर्नु परेको उनी बताउँछन् । होटल रेडिसनमा काम पाई काम सुरु गर्ने मिति तय भई सकेकोमा सोल्टीकै ईन्डियन एक्जेक्युटिभ सेफ धवनले तयार भइसकेको नियुक्ती पत्र च्यात्न लगाई कामबाट रोकेको उनी बताउँछन् । तर युनियनप्रति सहानुभूति राख्ने सेफ सज्जन खनाल होटल एभरेष्टमा एक्जेक्युटिभ सेफ रहेकाले खनालकै युनियनप्रतिको उदार भावनाले उनले होटल क्षेत्रलाई कर्म क्षेत्रको रुपमा निरन्तरता दिन सफल भए । उनीसँगै होटल सोल्टीको आधिकारिक ट्रेड युनियनमा चुनाव लडेका एक जना प्रतिद्वन्द्वी हरिदत्त जोसी होटल एभरेष्टमा पर्सनल मेनेजर भएर आएकोले डिपार्टमेन्टबाट पदोन्नतिको लागी सिफारिस हुँदा समेत रोकावट भएको थियो । त्यसपश्चात होटल साङ्ग्रिलामा माथिल्लो पदमा जान खोज्दा उनै हरिदत्त जोसीले चुक्ली लगाई रोक्न खोजेको तर त्यहाँको उदार जिएम दीपक तिवारीसँग कुरा गरेर काम पाउन उनी सफल भए। लगभग दुई वर्ष पेष्ट्री इन्चार्जको रुपमा काम गर्दासमेत मेनेजमेन्ट परिवर्तन भएको कारण पदोन्नति नभएको तथा नयाँ खुलेको होटल हायतमा एचआर मेनेजर शुस्मा रानाले युनियनकै कारण देखाएर प्रवेशमा अवरोध गरेपछि अब नेपालमा रोजगारीमा उन्नति नहुने ठम्याईका साथ उनी अबुधाबीतिर विदेशिए। त्यहाँ होटल हिल्टनमा पेष्ट्री सेफको रुपमा लगभग पाँच वर्ष बिताएपछि नेपाल फर्कने अठोट गरे। यतिबेलासम्म युनियनलाई हेर्ने दृष्टिकोणमा अलि परिवर्तन भइसकेको तथा ट्रेड युनियनकै अगुवाई गर्नै अग्रज नेता डिकबहादुर श्रेष्ठ मेनेजमेन्ट तहमा पदोन्नति भइसकेकोले उनी पनि( मेनेजमेन्ट तह) पेष्ट्री सेफको रुपमा पुन: सन् २००६ मा सोल्टी होटलमा प्रवेश गरे । यस समयमा देशमा भर्खरै माओवादी द्वन्द्वबाट शान्ति सम्झौतामार्फत शान्ति र स्थायित्वको आशाका किरणहरु क्षितिजमा देखिँदै थिए। तर बिडम्बना नेपाली जनताका अपेक्षा अनुरूप शान्ति, स्थायित्व र विकासले गति लिने लक्षण नदेखिए पछि सन् २००८ मा उनी स्कटल्यान्डतिर सपरिवार विदेशिए र हालसम्म त्यहीँ रोजगारी गर्दैछन्।
पेष्ट्री सेफको रुपमा ३० वर्षभन्दा बढी बिताइसकेकोले यस क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ पिँढीलाई के सल्लाह दिनुहुन्छ भन्ने प्रश्न गर्दा उनी भन्छन्, ‘श्रमको सम्मान, लगनशीलता र नैतिकता नै सफलताको कडी हुन् ।’ आफ्नो विचार धृढताका साथ राख्ने खत्री विशेष गरेर गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपालीहरूको हक र अधिकारको बारेमा कलम चलाउदै आइरहेका छन् । आगामी दिनहरूमा समेत बीसौं लाख गैरआवासीय नेपालीहरूको अत्यन्तै चासोको विषय नेपालको संविधानले प्रदान गरिसरेको सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारहरु सहितको गैरआवासीय नेपाली नागरिकताको प्राप्तीको लागी निरन्तर प्रयास गरिरहने धृढता ब्यक्त गर्दछन्।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित