
हङकङ । सोमबार (अक्टोबर २६) देखि हङकङ जाँदा होटल क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ ।
हङकङका सरकारी अधिकारीहरुले शुक्रबार यसको घोषणा गरेका हुन् ।
यसैगरी हङकङ आउनेहरुले विमान चढ्नुअघि कोभिड नभएको प्रमाणित पनि गर्नु नपर्ने भएको छ । तर हङकङमा आउने बित्तिकै कोभिड परीक्षण गरिने छ तर यात्रुहरुले त्यो परीक्षणको परिणाम कुरिरहनु पर्ने छैन । शुरुको तीन दिन भने उनीहरुले आफ्नो निवासमै बस्नुपर्ने छ । होटल रेष्टुराँमा खान जान पाउने छैनन् ।
यसअघि तीन दिन होटलमा र चारदिन घरमा आइसोलेसनमा बस्न पर्ने बाध्यात्मक व्यवस्था रहेको थियो ।
शुक्रबारको सरकारी घोषणासँगै हङकङमा करिब साढे दुई वर्ष लामो होटल क्वारेन्टाइनको झन्झटको अन्त्य भएको छ भने मानिसहरुले यात्राका लागि हवाइ टिकट बुक गर्न थालेका छन् । बीबीसीका अनुसार यात्रुहरुको बढ्दो मागलाई हेरेर हङकङको राष्ट्रिय विमान सेवा क्याथे प्यासिफिकले अक्टोवरका लागि २०० भन्दा बढी उडान थपेको छ ।
हङकङमा कोभिड फैलिन नदिन विश्वकै सबैभन्दा कठोर नीति लिइएको थियो । जसका कारण हङकङको अर्थतन्त्रमा गम्भीर असर परेको बताइएको छ ।
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार