
हङकङ । सोमबार (अक्टोबर २६) देखि हङकङ जाँदा होटल क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ ।
हङकङका सरकारी अधिकारीहरुले शुक्रबार यसको घोषणा गरेका हुन् ।
यसैगरी हङकङ आउनेहरुले विमान चढ्नुअघि कोभिड नभएको प्रमाणित पनि गर्नु नपर्ने भएको छ । तर हङकङमा आउने बित्तिकै कोभिड परीक्षण गरिने छ तर यात्रुहरुले त्यो परीक्षणको परिणाम कुरिरहनु पर्ने छैन । शुरुको तीन दिन भने उनीहरुले आफ्नो निवासमै बस्नुपर्ने छ । होटल रेष्टुराँमा खान जान पाउने छैनन् ।
यसअघि तीन दिन होटलमा र चारदिन घरमा आइसोलेसनमा बस्न पर्ने बाध्यात्मक व्यवस्था रहेको थियो ।
शुक्रबारको सरकारी घोषणासँगै हङकङमा करिब साढे दुई वर्ष लामो होटल क्वारेन्टाइनको झन्झटको अन्त्य भएको छ भने मानिसहरुले यात्राका लागि हवाइ टिकट बुक गर्न थालेका छन् । बीबीसीका अनुसार यात्रुहरुको बढ्दो मागलाई हेरेर हङकङको राष्ट्रिय विमान सेवा क्याथे प्यासिफिकले अक्टोवरका लागि २०० भन्दा बढी उडान थपेको छ ।
हङकङमा कोभिड फैलिन नदिन विश्वकै सबैभन्दा कठोर नीति लिइएको थियो । जसका कारण हङकङको अर्थतन्त्रमा गम्भीर असर परेको बताइएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै