
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को चौथो महाधिवेसन अक्टोबर ८ तारिखका दिन बेलायतमा हुने भएको छ ।
यसअघि सेप्टेम्बर १९ मा हुने तय भएको महाधिवेसन बेलायती महारानीको अन्त्येष्ठी सोही दिने हुने भएपछि सार्नुपरेको सभापति कृष्णकुमार राईले जानकारी दिए ।
महाधिवेसन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा हुनेछ ।
महाधिवेसन पूर्व बेलायतमा रहेका विभिन्न शाखाहरुको अधिवेसन अहिले धमाधम सम्पन्न भइरहेको पनि राईले जानकारी दिनुभयो । उनका अनुसार प्लमस्टिड, अल्डरसट र बेजिङस्टोक शाखाको अधिवेसन सम्पन्न भइसकेको छ भने बाँकी शाखाहरुको पनि अधिवेसन तय भइसकेको छ ।
महाधिवेसन अघि नै सबै शाखाहरुको अधिवेसन सकिने पनि उहाँले जानकारी दिनुभयो ।
गोरखा भूतपूर्व सैनिकहरुको हक अधिकारका लागि विसं २०४७ मा स्थापना भएको भए पनि गेसो अधिवेसनहरु भने नियमित छैन । पछिल्लोपटक तेस्रो अधिवेसन सन् २०१६ सेप्टेम्बर १९ मा बेलायतमा भएको थियो । जसबाट पहिलोपटक संस्थापक सभापति पदमबहादुर गुरुङबाट उपसभापति कृष्णकुमार राईमा नेतृत्व हस्तान्तरण भएको थियो ।
सभापति राईले गत वर्षको सेप्टेम्बरमै आफ्नो कार्यकाल पूरा भएको भएपनि कोरोना महामारीका कारण एक वर्ष कार्यकाल थपिएको बताए ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]