
लण्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले यही सेप्टेम्बर ९ तारिखका दिन १० किलोमिटर (टेन के) र २ किलोमिटर ( टु के फन रन) दौडको आयोजना गर्ने भएको छ ।
उक्त दौडमा ब्ल्याक वाटर भ्याली रनर्ससित सहकार्य हुने छ भने रश्मूर बोरो काउन्सिलको विशेष सहयोग रहने छ । उक्त दौडको प्रमुख प्रायोजक पीपल मोर्गेज र विशेष प्रायोजक ग्रैन्जर रहेको छ।
उक्त दौडमा सहभागी हुन चाहनेहरुले स्वयंसेवी रुपमा दौडमा सहभागिता जनाउन सक्ने छन्। दौडमा सहभागी सात सय जनाले टी सर्ट पाउने छन् भने अन्यको केही रकम वृक्षारोपणमा खर्चिने छ।
सबै रकम च्यारिटेबल काममा खर्चिने छ भने दौडमा प्रथम हुने र नेपाली सहभागी मध्ये प्रथम हुनेलाई एभरेस्ट म्याराथनमा दौड्नका लागि सहयोग तथा प्रायोजन गरिने कोसिश भैरहेको छ।
उक्त दौडको तयारी बैठक गत सनिबार ३ सेप्टेम्बर २०२२ मा बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म कार्य समिति र सल्लाहकारहरुबीच बसेको छ। उक्त दौडको संयोजक मेजर रिटायर्ड खिम गौचन, सह संयोजक उपाध्यक्ष उत्तरबहादुर गुरुङ, महासचिव डा विशाल गुरुङ, खेलकुद सचिव कुमार गुरुङ र उपाध्यक्ष (महिला) लLला सेलिङ माबोले गर्ने छन्।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान