
काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सोधपुछ बयानका लागि यही भदौ १५ गते बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले महाअभियोग लागेर निलम्बनमा पर्नुभएका जबरालाई सोधपुछ बयान लिनका लागि यही भदौ १५ गतेको बैठकमा बोलाउने निर्णय गरेको हो ।
समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई लगाइएको महाअभियोगका सम्बन्धमा थप उजुरी, सूचना वा जानकारी दिन सार्वजनिक सूचना गर्ने र राष्ट्रियस्तरका कानूनी र न्यायिक क्षेत्रका सङ्घसंस्थालाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।
समितिले आजै आन्तरिक कार्यविधि र कार्यतालिकासमेत पारित गरेको छ । समितिले महाअभियोगका सम्बन्धमा थप उजुरी, सूचना वा जानकारी दिनका लागि यही भदौ १२ गतेसम्म तीन दिनको समय दिने, १५ गते निलम्बित प्रधानन्यायाधीशसँग सोधपुछ बयान लिने र १९ गतेभित्र प्रतिवेदन तयार गर्नेगरी कार्यतालिका पारित गरेको छ ।
समितिमा जतिसक्दो चाँडो प्रतिवेदन बुझाउने सहमति भएको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिनुभयो । समिति गठन भएपछि आज तेस्रो बैठक बसेको हो । आजको निर्णयसँगै समितिले द्रुत गतिमा काम प्रारम्भ गरेको छ ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]