
बैङ्कक । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरेको छ ।
विपक्षी दलहरुले उनका विरुद्धमा सोमबार दिएको मुद्दाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो । उहाँको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्दा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको छ ।
विपक्षीले दिएको मुद्दा हेर्न बसेको नौ जनाको इजलासमा पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए ।
उहाँ थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री हुनुहुन्छ । उहाँले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागिता बढाउनु भएको थियो । सैन्य सहभागिता बढेपछि कानुन पनि त्यहीअनुसार बनाउँदै उहाँले निरंकुशता लाद्नु भएको विपक्षीहरुको आरोप छ ।
विपक्षीहरुले उहाँको कार्यकाल सन् २०१४ को अगस्टदेखि नै गणना गर्नुपर्ने दाबी गरेका छन् भने प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले भने सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उहाँको कार्यकाल गणना हुने तर्क गरेका छन् । त्यो भन्दा अगाडि उहाँ अन्तरिम प्रधानमन्त्रीका रुपमा रहेको उनीहरुको भनाई छ ।
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने