
बैङ्कक । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरेको छ ।
विपक्षी दलहरुले उनका विरुद्धमा सोमबार दिएको मुद्दाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो । उहाँको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्दा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको छ ।
विपक्षीले दिएको मुद्दा हेर्न बसेको नौ जनाको इजलासमा पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए ।
उहाँ थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री हुनुहुन्छ । उहाँले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागिता बढाउनु भएको थियो । सैन्य सहभागिता बढेपछि कानुन पनि त्यहीअनुसार बनाउँदै उहाँले निरंकुशता लाद्नु भएको विपक्षीहरुको आरोप छ ।
विपक्षीहरुले उहाँको कार्यकाल सन् २०१४ को अगस्टदेखि नै गणना गर्नुपर्ने दाबी गरेका छन् भने प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले भने सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उहाँको कार्यकाल गणना हुने तर्क गरेका छन् । त्यो भन्दा अगाडि उहाँ अन्तरिम प्रधानमन्त्रीका रुपमा रहेको उनीहरुको भनाई छ ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर