
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व कीर्तिमानी पर्वतारोहीहरूलाई सम्मान गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले आज बालुवाटार बोलाएर कीर्तिमानी आरोही सानु शेर्पा, निमा ग्याल्जेन शेर्पा र पासाङ ल्हामु शेर्पालाई बधाई तथा सम्मान प्रकट गर्नुभएको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो ।
कीर्तिमानी आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको दुईपटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । त्यस्तै, निमा ग्याल्जेन शेर्पाले आठ हजार मिटरभन्दा माथिका विश्वका १४ वटै हिमाल आरोहण गरेर कीर्तिमान बनाउनुभएको छ ।
पासाङ ल्हामु शेर्पाले पाकिस्तानको नाङ्गा पर्वत आरोहण गरेर पहिलोपटक महिला आरोहीको कीर्तिमान कायम गर्नुभएको छ ।
सो अवसरमा प्रधानमन्त्री देउवाले कीर्तिमानी आरोहीले हिमाल आरोहणमा बनाएको कीर्तिमानले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा थप पहिचान प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पर्वतारोहीको प्रशंसा गर्नुभएको थियो ।
कीर्तिमानी आरोहीलाई नगदसहित राष्ट्रिय सम्मान गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सङ्घका महासचिव लम्सालले बताउनुभयो ।
कीर्तिमानी आरोहीका साथमा पर्यटनमन्त्री श्रेष्ठ, सांसद जिपछिरिङ लामा, पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पालगायत पर्यटन व्यवसायीहरू बालुवाटार पुग्नुभएको थियो । बालुवाटारमा प्रधानमन्त्रीबाट सम्मान भएलगत्तै आरोही टोलीलाई नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल