
काठमाडौँ । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ ।
मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि काठमाडौँस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट प्रालिसँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा माइटेकका तर्फबाट मानव संशाधन निर्देशक माइकल ली र ह्वाइट हर्सका तर्फबाट प्रमुख राजन श्रेष्ठले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार माइटेक कम्पनीमा जाने नेपाली श्रमिकले उक्त मेनपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउनेछन् । सो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने घोषणा गरेको छ । दोस्रो चरणमा थप एक हजार श्रमिक लैजाने कम्पनीका निर्देशक माइकल लीले बताउनुभयो । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने उहाँको भनाइ छ । श्रमिकको हवाई टिकट, राहदानी बनाउँदा लागेको खर्च, यातायात खर्च, काठमाडौँसम्मको होटल खर्च, स्वास्थ्य परीक्षण, वैदेशिक रोजगार बीमालगायत सबै शुल्क कम्पनीले व्यहोर्नेछ ।
सो कम्पनी ‘रेस्पोन्सिबल विजनेस एलाइन्स’ (आरबिए) मा आबद्ध छ । आरबिएले आप्रवासी श्रमिकले शून्य लागतमा रोजगारीमा जान पाउनुपर्ने अवस्थाको सुनिश्चितता गर्छ । कम्पनीका निर्देशक लिले आरबिए र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को निर्देशिका अनुसार नै शून्य लागतमा नेपालबाट श्रमिक लैजाने बताउनुभयो ।
नेपाली श्रमिकले न्यूनतम् एक हजार ५०० मलेसियन रिङ्गेट पारिश्रमिकका साथै अतिरिक्त भत्ता र वार्षिक बिदा पाउने उहाँले जानकारी दिनुभयो । नेपाली श्रमिकले मलेसियाका श्रम कानुन अनुसारका सुविधा प्राप्त गर्नेछन् ।
ह्वाइट हर्सका अध्यक्ष सागर गिरीले शून्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताउनुभयो । आफ्नो मेनपावरमा कुनै पनि एजेन्ट नरहेको र आइएलओको न्यायोचित भर्नाको मान्यता अनुसार नै श्रमिक पठाइने बताउनुभयो ।
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान