
मस्को । संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको ७६ औँ महासभाको उच्चस्तरीय बैठकमा भाग लिनका लागि विदेशमन्त्री सर्गेई लाभरोभ र उनको प्रतिनिधिमण्डललाई भिसा देला कि नदेला भन्ने आशंका उत्पन्न भएको छ ।
युक्रेन युद्धपछि अमेरिकाले गत फेब्रुअरीको अन्त्यमा विदेशमन्त्री लाभरोभ विरुद्ध प्रतिवन्धह लगाएको थियो । जसमा अमेरिका प्रवेश गर्न प्रतिबन्ध, अमेरिकामा रहेका सम्पत्ति रोक्का गर्ने र अमेरिकी कम्पनीहरू र नागरिकहरूसँग व्यापार गर्नबाट समेत प्रतिबन्ध लगाइएको थियो।
रुसी विदेश मन्त्रालयले भने प्रतिबन्धलाई अवैधानिक भन्दै लाभरोभको विदेशी बैंकहरूमा खाता नभएको जनाएको छ।
यसैबीच, संयुक्त राष्ट्रसंघका प्रवक्ता फरहान हकले बुधबार स्पुतनिकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अन्य वरिष्ठ संयुक्त राष्ट्रका अधिकारीहरू आयोजक देश संयुक्त राज्य अमेरिका र रुसी मिसन लगायत विश्व निकायका सम्बन्धित नियोगहरूसँग नजिकको सम्पर्कमा रहेको बताएका छन्।
जुलाई २७ मा केही मिडिया रिपोर्टहरूले संयुक्त राष्ट्रसंघका निकायहरूको काममा भाग लिन चाहने थुप्रै रूसी प्रतिनिधिहरूलाई अमेरिकाले भिसा जारी नगरेको कारण रूसले आफ्ना कूटनीतिज्ञहरूले अमेरिकी भिसा प्राप्त गर्न नसक्ने हुन सक्नेतर्फ सङ्केत गरेको बताएका छन्।
संयुक्त राष्ट्रसंघ र संयुक्त राज्य अमेरिका बीचको सम्झौता अनुसार मुख्यालयको आयोजक राष्ट्रको हैसियतमा अमेरिकी अधिकारीहरूले सङ्गठनका सदस्य राष्ट्रका प्रतिनिधि र अधिकारीहरूलाई संयुक्त राष्ट्रसंघको भ्रमणमा अवरोध गर्नु हुँदैन भन्ने प्रावधान भएको रुसले स्मरण गराएको छ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित