
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।
माओवादीको आजै बसेको स्थायी समितिको बैठकले डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको थियो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले समाजवादी पार्टीलाई आफूहरूको चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय भएको जानकारी दिनुभयो ।
सोही निर्णयानुसार नै माओवादीका तर्फबाट केन्द्रीय कार्यालयका सदस्य शिव खकुरेल र समाजवादी पार्टीका केन्द्रीय कार्यालयकै मुख्यसचिव फणिन्द्र देवकोटालाई निर्वाचन आयोगमा त्यससम्बन्धी जानकारीका लागि पठाइएको छ ।
दुई दलले आयोगमा संयुक्तरूपमा निवेदन दिएका छन् । यस आधारमा अब माओवादीको निर्वाचन चिह्न हँसिया हथौडा प्रयोग हुनेछ । यस्तै राष्ट्रियसभा सदस्य वामदेव गौतमको नेतृत्वको नेकपा एकता अभियानले पनि माओवादीकै निर्वाचन चिह्न प्रयोग गर्नेछ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल