काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराई चयन हुनुभएको छ ।
सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहको निर्वाचनको पराजयको जिम्मेवारी लिँदै गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य बाँस्कोटालाई अध्यक्ष र रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य भट्टराईलाई चयन गरेको हो ।
सो पार्टीका बागमती प्रदेशकी पूर्व संयोजक ३८ वर्षीय बाँस्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार हुनुहुन्थ्यो । बास्कोटा पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाकी छोरी हुन् । पाँचथरबाट तत्कालिन संसदमा निर्वाचित बाँस्कोटा नेपाली काँग्रेसका नेता हुन् ।
यस्तै, ३४ वर्षीय भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख हुनुहुन्थ्यो ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]