
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई क्षेत्रलाई छिट्टै उडान सुरक्षा सूचीबाट हटाउने बताउनुभएको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरणले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उहाँले छिट्टै नेपाललाई इयूले उडान सुरक्षा सूचीबाट हटाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले हालै गरेको अडिटअनुसार नेपालको हवाई क्षेत्रले राम्रो प्रगति गरेको बताउनुभयो ।
उहाँले सम्बन्धित पक्षले प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछाँ भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “इयूको लिस्टेडबाट नेपाललाई हटाउनुपर्छ त्यसका लागि हामीले उच्च प्राथमिकतासहित काम अगाडि बढाउनुपर्छ । आइकाओको अडिटबाट हामीले जुन पोजिशन पाएका छौँँ, अब उनीहरुले हामी सहकार्य गर्न चाहन्छौँ । पार्टनरसिपमा हामी जान चाहन्छौँ । त्यसैले हामी अनसाइट अडिट पठाउँछौँ भन्ने कुरा लेटर हाम्रो क्यानको महानिर्देशकलाई सम्बोधन गरेर पठाएको छ । मलाई लाग्छ यो हाम्रो लागि खुशीको कुरा हो ।”
उहाँले इशाका तर्फबाट अनसाइट अडिट भइसकेपछि नेपाल सुरक्षा सूचीबाट हट्ने र नेपालले युरोपमा उडान गर्नसक्ने अवस्था आउने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालन गरिने बताउँदै विमानस्थलमा एयरलाइन्सलाई आकर्षण गर्न र विभिन्न छुट तथा सुविधाहरु दिइने उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभयो ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइकाओको अडिटले नेपालको उडान सुरक्षादर विश्वस्तरभन्दा माथि रहेकाले इयूले उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको भन्दै छिट्टै नेपाल युरोपका आकाशका लागि खुला हुने विश्वास व्यक्त गर्नुभयो ।
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत