
लण्डन । पोखरेली मंच युकेले हरेक वर्ष सन्चालन गर्दै आएको पैदल यात्रा हाइक फर नेपाल इन वेल्स यस वर्ष पनि सन्चालन हुने भएङ्को छ ।
चौथो हाइक फर नेपाल इन वेल्स अगष्ट ६ तारिखान ब्रेकन वेल्समा हुने भएङ्को छ ।
पारिवारिक हाइकिड्ग र क्याम्पिङको रुपमा गरिने यो पदयात्राका लागि बेलायत बसोबास गर्ने नेपालीहरुलाई सहभागी हुन आयोजक पोखरेली मंच युकेका अध्यक्ष करम गुरुङले आह्वान गरेका छन् ।
नेपालको पर्यटन प्रवर्द्धनका लागि वी विल राइज फाउन्डेसनको परिकल्पना र पोखरेली मंच युकेको आयोजनामा सो कार्यक्रम हुँदै आएको छ ।
अगष्ट ५ देखि शुरु हुने यो कार्यक्रममा शनिबार ६ अगस्ट का दिन मुख्य पैदलयात्रा हुने बताइएको छ ।
पैदल यात्राबाट ब्यक्तिगत स्वास्थ्यमा सहयोग पुग्ने र नेपालको पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
वी विल राइज फाउण्डेसन नेपालमा दर्ता भएर हंगकंगबाट संचालित सामाजिक र पर्यटनलाई प्रोत्साहन गर्ने संस्था हो। बेलायतमा वी वील राइजको संयोजक पोखरेली मंच युकेका निवर्तमान अध्यक्ष मान प्रसाद गुरुङ र प्रमुख सल्लाहाकारमा मेजर रिटायर्ड खुशीमान गुरुङ हनुहुन्छ।
विगतमा नेपाली राजदुताबास लण्डन,नेपाली समुदायका अगुवाहरु,एनआरएन युके, तमुधि युके, मगर संघ युके लगायत, समाजसेवीहरु तथा स्थानिय सासंद, मेयर, काउन्सिलरहरु सहभागी रहने गरेको सो कार्यक्रम यस वर्ष पनि भब्य हुने आशा आयोजकले गरेका छन्।
यस पैदलयात्रा हुने क्षेत्र बेलायतमा रहेका नेपालीहरुको एउटा समूहले नेपाली भिलेज इन वेल्स कार्यक्रममार्फत विकास गरिँदै गरेको शहर हो।
शहरको कोलाहलमय वातावरणबाट टाढा प्रकृतिको काखमा रमाउनेहरुको लागि यो ठाउँ र समय महत्वपूर्ण रहने आयोजकले बताएका छन् । पदयात्रा सकिएपछि बेलुका अनौपचारिक रुपमा गायन, नृत्य र सामूहिक नाचगानको आयोजना गरिएको छ।
करिब २५० जना ब्यक्ति सहभागी हुने सो पैदलयात्रामा सहभागी हुन इच्छुकले यहाँ क्लीक गरी फर्म भरेर बुक गर्न सकिने बताइएको छ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण