गजेन्द्र गुरुङले जिते छैटौँ पीपल गल्फ च्याम्पियनसीप  

लण्डन । गत शनिबार २३ जुलाईका दिन शेरफिल्ड वक गल्फ क्लब बेजिङ्गस्टोकमा छैटौँ पीपल गल्फ च्याम्पियनसीप प्रतियोगिता सम्पन्न भएको छ ।

गोर्खा गल्फ सोसाईटीको आयोजना र पीपल ग्रुपको मुख्य प्रायोजनमा सम्पन्न सो प्रतियोगितामा १२० जना गल्फ खेलाडीहरुले भाग लिएका थिए ।  

पीपल ग्रुपका निर्देशक सूर्य प्रकाश गुरुङ र गोर्खा गल्फ सोसाईटीका अध्यक्ष सोमरास तामाङ्गले संयुक्त रुपमा बिहान ७.३० बजे उद्घाटन गरिएको सो प्रतियोगितामा गजेन्द्र गुरुङ ग्रस विनर (विजेता) बने भने युवराज शाही ओभरल नेट विनर भए  । दुवै विजेताले एक/एक तोला सुन, रनिङ्ग र व्यक्तिगत ट्रफी प्राप्त गरे । 

३ वटा डिभिजनले भाग लिएको उक्त खेलको ‘ए’ डिभिजनतर्फ अशोक गुरुङ विनर, फुर्तेन्जी शेर्पा फस्ट रनर अप र सरोज गुरुङ सेकेन्ड रनर अप बने । त्यस्तै, डिभिजन ‘बी’ बीएर्फ  बलबहादुर लिम्बु विनर, प्रेमकाजी गुरुङ फस्ट रनर अप र ईश्वर चाम्लिङ्ग सेकेन्ड रनर अप भए । डिभिजन ‘सी’ तर्फ १२ वर्षिय हिमाल गुरुङ विनर, कृष्ण तामाङ्ग फस्ट रनर अप र मनबहादुर राना सेकेन्ड रनर अप भए ।

सो ३ वटै डिभिजनका विनरलाई व्यक्तिगत ट्रफी र १५० पाउण्ड नगद, फस्ट रनर अपलाई व्यक्तिगत ट्रफी र १०० पाउण्ड नगद र सेकेन्ड रनर अपलाई व्यक्तिगत ट्रफी र ७५ पाउण्ड नगद पुरस्कार प्रदान गरिएको थियो । 

उक्त प्रतियोगिताका सिनियर खेलाडीतर्फ रुद्रबहादुर खड्का विजेता बने भने पहिलोपटक भाग लिएका खेलाडीतर्फ १८ वर्षिया रुबिशा मल्ल विजेता भइन् ।  त्यस्तै, बीर लिम्बु (एनटीपी–१), देव राना (प्रो–एप्रोज ईन टु), युवराज शाही (एलडी सिनियर) र मनोज गुरुङ (एलडी ओपन) ले नोभल्टी प्राईज जिते ।  

उक्त प्रतियोगितामा प्रायोजक पीपल ग्रुपका निर्देशक सूर्य प्रकाश गुरुङसहित पीपल ग्रुप्सका नाग्स राई, हरि गुरुङ, प्रिया गुरुङ, प्रतिमा गुरुङ र लाक्पा शेर्पाले रनिङ्ग ट्रफी, व्यक्तिगत ट्रफी र नगद पुरस्कार संयुक्त रुपमा वितरण गरेका थिए । 

गोर्खा गल्फ सोसाईटीका सचिव गिताजङ्ग गुरुङले संचालन गरेको पुरस्कार वितरण कार्यक्रममा गल्फ सोसाईटी अध्यक्ष तामाङ्ग, पीपल ग्रुपका अध्यक्ष लगायत सहभागीहरुले सबै खेलाडिहरुलाई बधाई तथा शुभकामना दिएका थिए । साथै, उनीहरुले गल्फ खेलतर्फ नेपाली युवाहरुको समेत आर्कषण बढेकोमा खुशी व्यक्त गर्दै आउने दिनहरुमा खेलाडिको संख्यामा वृद्धि हुने विश्वास व्यक्त गरे । 

स्मरण रहोस्, पीपल ग्रुपले विगत केही वर्षदेखि पोखरेली मञ्च युकेद्वारा आयोजित ‘पीपल नेपाल कप’ क्रिकेट प्रतियोगिताको समेत मुख्य प्रायोजन गर्दैआएको छ । त्यस्तै, यसै वर्षदेखि ‘पीपल नेपाल रन’ समेत शुरुवात गरेको छ । 

पीपल ग्रुप अन्तर्गत रहेको पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्ट्सले मोर्गेज, प्रोटेक्सन्स, इन्स्योरेन्स, विल्स, लेटिङ्गस, सेल्स, म्यानेज्मेन्टलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । हालसम्म पीपल ग्रुपले फार्नब्रो, आस्फोर्ड, स्वीन्डन, हन्स्लो, टीडवर्थ र वेक्स्लीहिथमा कार्यालय स्थापना गरी ग्राहकहरुलाई सेवा दिँदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री