
लण्डन । नेपाल कोअपरेटिभ इन्भेष्टमेण्ट (एनसिआइ) युकेले नेपालमा वैदेशिक मुद्रामा बैंक खाता खोली तत्काल ८० हजार पाउण्ड जम्मा गर्ने भएको छ ।
एनसिआइ युकेको आज सम्पन्न ग्रीष्मकालीन भेलाले नेपालमा डलरको संचिती कम भएको भन्दै नेपाल सरकारले नेपालमा डलर खाता खोल्न प्रवासमा रहेका नेपालीहरु र उनीहरुले संचालन गरेको प्रतिष्ठानहरुलाई अपील गर्दै आएको छ ।
सरकारको सोही अपीललाई भेलामा मनन गर्दै तत्काल नेपालमा डलर खाता खोली ८० हजार पाउण्ड जम्मा गर्ने निर्णय गरिएको एनसिआइका सचिव डा. मुकुन्द बाँस्तोलाले जानकारी दिनुभयो ।
भेलामा एनसिआइ युकेका तर्फबाट सोलार फार्म नेपालमा गरिएको लगानीबाट करिब साढे दुई करोड रुपियाँ नाफा आर्जन भएको जानकारी दिइएको थियो । सो नाफा पनि सेयर सदस्यहरुलाई बाँड्ने निर्णय गरिएको छ ।
यसैगरी, एनसिआइ युकेले बेलायतमै विभिन्न प्रोपर्टीहरुमा लगानी गरेकोमा सोबाट प्राप्त नाफा पनि सेयर सदस्यहरुबीच बाँड्ने निर्णय गरिएको छ ।
साथै एनसिआइलाई थप एकतावद्ध बनाउने र नयाँ परियोजनाहरुमा लगानी गर्ने निर्णय पनि गरिएको डा बाँस्तोलले बताउनुभयो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल