
काठमाडौँ । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट) ले १३३ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको बैठकले नेपाल कानून व्यवसायी ऐन, २०५० को दफा २१ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडलले जानकारी दिनुभयो ।
बैठकले २०४३ सालदेखि प्रमाणपत्र नम्बर (१५८२) देखि २०५१ साल प्रमाणपत्र नम्बर (५२०७)सम्मका कानून व्यवसायीहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ ।
वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेहरुमा वर्तमान कानून न्याय तथा सङ्घीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी), कानून, न्याय तथा संसदीय मामिलाका सभापित कृष्णभक्त पोखरेल, नेपाल बार एसोसिएनका पूर्व महासचिव सुनिलकुमार पोखरेल, महिलाको सम्पतिको हक स्थापित गर्नलगायत न्यायको क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएकी मीरा ढुङ्गानालगायत हुनुहुन्छ ।
नेपाल बार एशोसियसनले पटक पटक प्रधानन्यायाधीशसमक्ष वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गर्न ध्यानाकर्षण गराएको थियो । लामो समयपछि आज सर्वोच्च अदालतको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]