
काठमाडौँ । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट) ले १३३ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको बैठकले नेपाल कानून व्यवसायी ऐन, २०५० को दफा २१ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडलले जानकारी दिनुभयो ।
बैठकले २०४३ सालदेखि प्रमाणपत्र नम्बर (१५८२) देखि २०५१ साल प्रमाणपत्र नम्बर (५२०७)सम्मका कानून व्यवसायीहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ ।
वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेहरुमा वर्तमान कानून न्याय तथा सङ्घीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी), कानून, न्याय तथा संसदीय मामिलाका सभापित कृष्णभक्त पोखरेल, नेपाल बार एसोसिएनका पूर्व महासचिव सुनिलकुमार पोखरेल, महिलाको सम्पतिको हक स्थापित गर्नलगायत न्यायको क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएकी मीरा ढुङ्गानालगायत हुनुहुन्छ ।
नेपाल बार एशोसियसनले पटक पटक प्रधानन्यायाधीशसमक्ष वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गर्न ध्यानाकर्षण गराएको थियो । लामो समयपछि आज सर्वोच्च अदालतको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित