
लण्डन। गोर्खा नेपाली समाज स्विन्डनको आयोजनामा वेलायतका नेपाली भलिवल क्लबहरुका सहभागितामा दोस्रो स्विन्डन खुल्ला पुरूष तथा महिला भलिवल प्रतियोगिता हुने भएको छ।
स्विन्डन स्थित न्यू कलेज ग्राउण्डमा ३० जुलाई २०२२ शनिवारका दिन प्रतियोगिता हुने भएको हो । यूकेका बिभिन्न ठाउँहरुबाट लगभग २० वटा महिला तथा पुरुष भलिवल टिमहरुले प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम संयोजक तथा आयोजक समितिका उपाध्यक्ष मनु पाइजाले बताए।
प्रतियोगितामा पुरुष टिमका विजेताले नगद १५०० पाउण्ड र उपविजेताले १००० पाउण्ड सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यसैगरी महिला टिमका विजेताले ८५० पाउण्ड र उप विजेताले ५५० पाउण्डसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा पुरुष टिमका लागी १७०पाउण्ड र महिला टिमका लागी १२० पाउण्ड प्रवेश शुल्क तोकिएको आयोजक समितिका महासचिव लाल लिम्बूले बताए।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?