
लण्डन। गोर्खा नेपाली समाज स्विन्डनको आयोजनामा वेलायतका नेपाली भलिवल क्लबहरुका सहभागितामा दोस्रो स्विन्डन खुल्ला पुरूष तथा महिला भलिवल प्रतियोगिता हुने भएको छ।
स्विन्डन स्थित न्यू कलेज ग्राउण्डमा ३० जुलाई २०२२ शनिवारका दिन प्रतियोगिता हुने भएको हो । यूकेका बिभिन्न ठाउँहरुबाट लगभग २० वटा महिला तथा पुरुष भलिवल टिमहरुले प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम संयोजक तथा आयोजक समितिका उपाध्यक्ष मनु पाइजाले बताए।
प्रतियोगितामा पुरुष टिमका विजेताले नगद १५०० पाउण्ड र उपविजेताले १००० पाउण्ड सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यसैगरी महिला टिमका विजेताले ८५० पाउण्ड र उप विजेताले ५५० पाउण्डसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा पुरुष टिमका लागी १७०पाउण्ड र महिला टिमका लागी १२० पाउण्ड प्रवेश शुल्क तोकिएको आयोजक समितिका महासचिव लाल लिम्बूले बताए।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल