
लण्डन । प्रोफेसर सूर्य सुवेदीले नेपालमा छुवाछुत हटाउनका लागि मनुस्मृति संशोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाल ब्रिटेन डटकमले आयोजना गरेको फेसबुक लाइभमा बोल्दै उनले नेपालमा जातिय छुवाछुत हटाउनका लागि नियम कानुनहरु बनेको धेरै वर्ष भइसक्दा पनि नेपाली समाज पूर्ण रुपमा छुवाछुत मुक्त हुन नसकेकाले समाजबाट छुवाछुत हटाउन मनुस्मृति संशोधन गर्नुपर्ने बताएका हुन् ।
‘ऐन कानुनमा छुवाछुत मुक्त व्यवस्था गरिए पनि समाजबाट छुवाछुत हटेन । धर्मशास्त्रलाई देखाउँदै छुवाछुत गर्ने समाजको सोचमा धेरै परिवर्तन आउन सकेन’ उनले आफ्नो सो धारणाको पृष्ठभूमि बाँध्दै भने ।
हिन्दू धर्मममा वैदिक कालमा छुवाछुत नभएको तर चाणक्य नीति र मनुस्मृतिबाट छुवाछुतको प्रावधान राख्न शुरु गरिएको उनको धारणा थियो । अहिलेको मनुस्मृति पनि १५ औँ संस्करण भएको, महाभारत पनि पटकपटक थपघट गरिएको उदाहरण दिँदै समाजको सोचमा परिवर्तन गर्न मनुस्मृति संशोधन गर्न सकिने जिकिर गरे ।
‘यसरी संशोधन गरिनासाथ छुवाछुतको समस्या समाधान भइहाल्छ भन्ने होइन तर धर्मग्रन्थमै परिवर्तन गरिएपछि बिस्तारै यस्तो कुरा हट्न सक्छ’ उनले भने ।
नेपालको मौलिकता कायम राख्न र हिन्दू धर्ममा रहेको दाग हटाउन यस बारेमा विद्वानहरुका बीचमा बहस शुरु गर्नुपर्ने पनि उनले बताए ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते