
जर्मनी । अति विकसित सात राष्ट्रहरूको समूह (जी-७) ले कमजोर मानिसहरूलाई कुपोषणबाट जोगाउन अमेरिकी डलर ४५ बिलियनको सहयोग प्रतिवद्धता व्यक्त गरेको छ । साथै युक्रेनको ब्ल्याक सी बन्दरगाह माथिको नाकाबन्दी अन्त्य गर्न रूसलाई आग्रह समेत गरेको छ।
“हामी भोकमरी र कुपोषणबाट सबैभन्दा कमजोरलाई जोगाउन थप ४.५ बिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता व्यक्त गर्दछौं । यो वर्ष विश्वव्यापी खाद्य सुरक्षाको लागि हाम्रो संयुक्त प्रतिबद्धताको रूपमा कुल १४ बिलियन अमेरिकी डलर बराबरको रकम हो,” जी-७ ले एक विज्ञप्तिमार्फत जनाएको छ।
“हामी रूसलाई बिना शर्त युक्रेनी ब्ल्याक सी बन्दरगाहहरूको यथाशीघ्र नाकाबन्दी अन्त्य गर्न आह्वान दोहोर्याउँछौं”, विज्ञप्तिमा भनिएको छ।
त्यसैगरी, जी-७ राष्ट्रहरूले मुख्य बन्दरगाह र यातायात पूर्वाधारको विनाश लगायत युक्रेनमा कृषि वस्तुहरू र उपकरण माथिको रूसी अवैध नियन्त्रण एवं युक्रेनी खाद्य उत्पादन र निर्यातलाई थप अवरोध गर्ने अन्य सबै प्रकारका गतिविधिहरू विरोध गरेको छ ।
त्यस्तै, जी-७ नेताहरूले रुसद्वारा उत्पादित कृषि उत्पादनहरूको आयात र मानवीय सहायता वितरणमा भने कुनै प्रतिबन्धहरू लागू नगर्ने घोषणा गरेका छन् ।
नेताहरूले भनेका छन्-“हामी यो सुनिश्चित गर्छौँ- हाम्रा प्रतिबन्ध प्याकेजहरूले खाद्यान्नलाई लक्षित गर्दैनन् र रूस लगायतका कृषि उत्पादनहरूको स्वतन्त्र प्रवाह र मानवीय सहायताको वितरण प्रवाहको लागि कुने अवरोध हुने छैन।”
युक्रेनलाई विश्वको १० प्रतिशत गहुँ, १२-१७ प्रतिशत मकै र आधा विश्वको सूर्यमुखी तेल आपूर्ति गर्ने “युरोपको खाद्य भण्डार” मानिन्छ। जारी रुस-युक्रेन द्वन्द्वले अहिले यो सबै आपूर्ति अस्तव्यस्त बनेको छ ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान