
जर्मनी । अति विकसित सात राष्ट्रहरूको समूह (जी-७) ले कमजोर मानिसहरूलाई कुपोषणबाट जोगाउन अमेरिकी डलर ४५ बिलियनको सहयोग प्रतिवद्धता व्यक्त गरेको छ । साथै युक्रेनको ब्ल्याक सी बन्दरगाह माथिको नाकाबन्दी अन्त्य गर्न रूसलाई आग्रह समेत गरेको छ।
“हामी भोकमरी र कुपोषणबाट सबैभन्दा कमजोरलाई जोगाउन थप ४.५ बिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता व्यक्त गर्दछौं । यो वर्ष विश्वव्यापी खाद्य सुरक्षाको लागि हाम्रो संयुक्त प्रतिबद्धताको रूपमा कुल १४ बिलियन अमेरिकी डलर बराबरको रकम हो,” जी-७ ले एक विज्ञप्तिमार्फत जनाएको छ।
“हामी रूसलाई बिना शर्त युक्रेनी ब्ल्याक सी बन्दरगाहहरूको यथाशीघ्र नाकाबन्दी अन्त्य गर्न आह्वान दोहोर्याउँछौं”, विज्ञप्तिमा भनिएको छ।
त्यसैगरी, जी-७ राष्ट्रहरूले मुख्य बन्दरगाह र यातायात पूर्वाधारको विनाश लगायत युक्रेनमा कृषि वस्तुहरू र उपकरण माथिको रूसी अवैध नियन्त्रण एवं युक्रेनी खाद्य उत्पादन र निर्यातलाई थप अवरोध गर्ने अन्य सबै प्रकारका गतिविधिहरू विरोध गरेको छ ।
त्यस्तै, जी-७ नेताहरूले रुसद्वारा उत्पादित कृषि उत्पादनहरूको आयात र मानवीय सहायता वितरणमा भने कुनै प्रतिबन्धहरू लागू नगर्ने घोषणा गरेका छन् ।
नेताहरूले भनेका छन्-“हामी यो सुनिश्चित गर्छौँ- हाम्रा प्रतिबन्ध प्याकेजहरूले खाद्यान्नलाई लक्षित गर्दैनन् र रूस लगायतका कृषि उत्पादनहरूको स्वतन्त्र प्रवाह र मानवीय सहायताको वितरण प्रवाहको लागि कुने अवरोध हुने छैन।”
युक्रेनलाई विश्वको १० प्रतिशत गहुँ, १२-१७ प्रतिशत मकै र आधा विश्वको सूर्यमुखी तेल आपूर्ति गर्ने “युरोपको खाद्य भण्डार” मानिन्छ। जारी रुस-युक्रेन द्वन्द्वले अहिले यो सबै आपूर्ति अस्तव्यस्त बनेको छ ।
विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न नेपाल आदिवासी जनजाति महासंघ यूकेको माग
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण