
लण्डन । बेलायतको तल्लो सदन हाउस अफ कमन्सका लागि विहीबार भएको उपनिर्वाचनमा पराजय भोगेपछि बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टीका अध्यक्ष ओलिभर डाउडेनले राजिनामा दिएका छन् ।
विहीबार दुई निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको थियो । जसमा दुवै क्षेत्रमा कञ्जरभेटिभले हार बेहोरेको थियो । उपनिर्वाचन अघि दुुवै क्षेत्रमा कञ्जरभेटिभ पार्टीले जितेको थियो ।
दुवै क्षेत्रका पूर्व निर्वाचित सांसदहरु यौनसम्बन्धी विषयमा तानिएका थिए । त्यसपछि उनीहरुले राजिनामा दिएका थिए ।
अहिले दुईमध्ये एक क्षेत्रमा लेबर र अर्को क्षेत्रमा लिबरल डेमोक्र्याटले जितेको छ ।
हारपछि शुक्रबार बिहानै कञ्जरभेटिभ पार्टीका अध्यक्ष डाउडेनले पार्टीका नेता प्रधानमन्त्री बोरिस जोन्सनलाई सम्बोधन गर्दै राजिनामा दिएका छन् । उनले यो उपनिर्वाचनमा पार्टी सबैभन्दा कमजोर तबरले लडेको भन्दै यसको कसै न कसैले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
पार्टीका नेता तथा प्रधानमन्त्री बोरिस जोन्सन भने अहिले रुवाण्डामा छन् । उनीमाथि पनि राजिनामा दिन पार्टीभित्रैबाट दबाब बढिरहेको छ ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]