
झापा ।आइतवार संयुक्त अरव इमिरेट्स (युएइ) का राजकुमार शेख मोहम्द विन मक्तोमिउम जुमाल मक्तोउम पूर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटी स्क्यान उद्घाटन गर्न झापा आइपुग्नुभएको छ ।
शनिवार बिहान निजी विमानबाट काठमाडौ आइपुग्नुभएका राजकुमार लगत्तै भद्रपुर झापा आउनुभएको हो । पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइको निमन्त्रणामा ४ दिने भ्रमणका लागि आउनुभएका राजकुमारले आइतवार पेटसिटी स्क्यानको उदघाटन गर्नुहुनेछ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइले झापामा अन्य व्यापारिक विषयमा पनि सम्झौता हुने बताउनुभयो । अस्पतालले दुई वर्षअघि ल्याएको पेट सिटि स्क्यान मेसिन कार्यविधि अभावका कारण सञ्चालनमा आउन सकेको थिएन । पेट सिटिमा प्रयोग हुने साइक्लोटोन कार्यविधि नबनाएका कारण रोकिएको थियो ।
साइक्लोटोन प्रयोगसम्वन्धी कार्यविधि बनेसँगै राजधानी बाहिर पहिलो पटक पेट स्क्यान सेवा पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गर्नेभएको छ । झापामा पेट सिटि सेवा सुरु भएसँगै क्यान्सरको फैलावट पत्ता लगाउन भारत र अन्य देश जानुपर्ने परिस्थिति अन्त्य हुनेछ ।
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम