
बेइजिङ । अन्तर्राष्ट्रिय व्यवस्थामा चीनलाई चुनौतीको रूपमा चित्रण गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिकी हित तथा नियममा आधारित प्रणालीको रक्षा गर्न चीनसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेका छन् ।
अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले आफ्नो नीतिगत सम्बोधनमा रूसभन्दा चीनले अन्तर्राष्ट्रिय प्रणालीमा सबैभन्दा गम्भीर चुनौती खडा गरेको खुलासा गर्दै विश्व व्यवस्थालाई पुनःसंरचना गर्ने आर्थिक, कूटनीतिक, सैन्य र प्राविधिक क्षमता भएको एक मात्र देश चीन भएको बताएका हङकङ पोष्टले जनाएको छ ।
चीन विश्व अर्थतन्त्र र जलवायु परिवर्तनदेखि कोभिडसम्मका समस्याहरूलाई सम्बोधन गर्ने क्षमताका लागि पनि महत्वपूर्ण भएको उल्लेख गर्दै हङकङ पोष्टले चीनको समस्यासँग जुध्न बाडेनको दृष्टिकोण अपर्याप्त भएको टिप्पणी गरेको छ ।
अमेरिकी विदेश मन्त्रीले गत हप्ता अमेरिकाको नेतृत्वमा रहेको इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क फर प्रोस्परिटीको सुरुवात भएको बताएका थिए । उनको यही भनाइलाई लिएर उक्त पत्रिकाले हिन्द–प्रशान्त क्षेत्रमा परम्परागत सुरक्षा सहयोगभन्दा आर्थिक सहयोगलाई समर्थन गर्ने र चीनलाई आफ्नो प्रमुख व्यापारिक साझेदार मान्ने भएकाले यस ढाँचामा स्वतन्त्र व्यापार सम्झौता समावेश हुनुपर्नेमा जोड दिएको छ ।
यसैबीच, अमेरिकी सांसदहरूको द्विपक्षीय समूहले सरकारलाई चीनमा अर्बौ लगानी कटौती गर्न अनुमति दिने घोषणा गरेको छ । देशको राष्ट्रिय एवम् आर्थिक सुरक्षाका निम्ति लगानी कटौती गर्नेसम्बन्धी सम्झौतालाई अनुमति दिने निर्णय भएको जनाइएको छ । स्वदेशी उद्योगका सरोकार सम्बोधन गर्न सांसदहरूले उक्त निर्णय गरेका बताइएको छ ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा