
ब्रसेल्स । युरोपेली सङ्घ (इयू)बाट बेलायत बाहिरिँदा दुवैपक्षबीच भएका सम्झौताका केही अंशलाई बेलायतले एकतर्फीरूपमा अस्वीकार गरेपछि बेलायतविरुद्ध इयूले कानुनी कारबाही शुरू गरेको छ ।
बेलायतले आफ्नो भूमिबाट उत्तरी आयरल्याण्ड प्रवेश गर्ने केही सामानमा भन्सार जाँचका प्रावधान एकतर्फीरूपमा हटाउन खोजेपछि इयूले कानुनी कारबाही शुरू गरेको हो । यद्यपि युरोपेली आयोगले समस्याको संयुक्त समाधान अदालत बाहिर खोज्नुपर्नेमा जोड दिएको छ ।
बेलायतको एकपक्षीय निर्णयले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको र त्यो अस्वीकार्य भएको इयूले बताएको छ । युरोपेली आयोगका उपाध्यक्ष मारोस सेफकोभिचले आज यहाँ भएको पत्रकार सम्मेलनमा उत्तरी आयरल्याण्डको प्रोटोकल’ भित्र रहेर समस्याको समाधान खोजिुनपर्ने बताए ।
उक्त प्रोटोकल ब्रेक्जिट सम्झौताको एक अंश हो जसले मालसामानहरूका लागि उत्तरी आइयल्याण्डलाई इयूको एकल बजारमा समावेश गरेको छ । विवाद समाधान हुन नसकेमा बेलायतका सामानहरूमा भन्सार लगाउन सकिने जनाउँदै उपाध्यक्ष सेफकोभिचले बेलायतबाट नयाँ–नयाँ माग आएका बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा