
टोकियो । जापानमा आगामी जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने भएको छ । माथिल्लो सदनका सदस्यहरु छनौटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी दिनुभयो ।
निर्वाचनको प्रचार अभियान भने यही जुन २२ देखि मात्रै सुरु गर्न पाइने भएको छ । त्यसका लागि दलहरुले भने अवदेखि नै तयारी थाल्ने भएका छन् । जापानको माथिल्लो सदनलाई ‘हाउस अफ काउन्सिलर्स’ पनि भनिन्छ भने तल्लो सदनलाई प्रतिनिधि सभा भनिन्छ ।
जापानको माथिल्लो सदनमा २४५ जना सदस्य हुनेछन् । उनीहरुको कार्यकाल छ वर्षको हुनेछ । माथिल्लो सदनका सदस्यहरुको कार्यकाल तल्लो सदनका सदस्यहरुको भन्दा दुई वर्ष बढी हो ।
त्यसैगरी माथिल्लो सदनको सदस्य बन्नका लागि कम्तीमा ३० वर्षको हुनुपर्नेछ, जबकी तल्लो सदनको सदस्य हुनका लागि कम्तीमा २५ वर्षको भए पुग्ने व्यवस्था छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]