
लण्डन । बेलायत आइपुगेका शरणार्थीहरुलाई उनीहरुको आवेदन प्रमाणित नभएसम्मका लागि अफ्रिकी मुलुक पठाइने भएको छ ।
वर्तमान बेलायत सरकारको सो योजना रोक्न उच्च अदालत र पुनरावेदन अदालतमा दायर गरिएको मुद्दामा न्यायाधीशले आवेदकहरुको माग बमोजिम अन्तरिम आदेश नदिएपछि शरणार्थीहरुलाई रुवाण्डा पठाउने बाटो खुलेको हो । सो मुद्दाको फैसला अर्को महिना हुने छ ।
बेलायतले मंगलबार नै ११ जना शरणार्थीहरुलाई रुवाण्डा पठाउँदै छ ।
सरकारले चार वर्षे परीक्षणका रुपमा बेलायत आएका शरणार्थीहरुलाई रुवाण्डा पठाउने योजना ल्याएको छ । यसबाट बेलायतमा पैसा लिएर शरणाार्थी ल्याउने गिरोहलाई असर पर्ने सरकारको विश्वास छ । यसरी रुवाण्डा पुगेकामध्ये सफलतापूर्वक शरणार्थीको मान्यता पाउनेहरु बेलायत आउन पाउने छन् ।
यस योेजनाका विपक्षीहरुले यो योजना महंगो भएको आरोप लगाउने गरेका छन् । सरकारले रुवाण्डालाई १२० मिलियन पाउण्ड यस योजनावापत सहयोग गर्ने भएको छ भने प्रति शरणार्थी रुवाण्डा पठाउनका लागि २० देखि ३० हजार पाउण्ड लाग्ने प्रक्षेपण गरिएको छ ।
बेलायतको गृह मन्त्रालयले शरणार्थीका लागि प्रतिवर्षे करिब १.५ बिलियन पाउण्ड खर्च भएको बताएको छ ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ